0Shares

मोरङ, १२ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना एकसूत्रीय माग राखी जनता समक्ष गएको बताउनुभएको छ ।
गुराँस पुस्तकालय विराटनगर बरगाछीद्वारा प्रकाशित ‘बरगाछी’ को १६ अङ्क मुक्तिप्रसाद यदुनाथ चापागाईं विशेषाङ्कको आइतबार लोकार्पण गर्दै उहाँले कांग्रेस प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले पुनःस्थापना मात्र विरोधको मुद्दा लिएर सडक आन्दोलन गरिएको धारणा राख्नुभयो ।

वरिष्ठ नेता पौडेलले जनताले ठूलो त्याग, बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिन पार्टीले सडक सङ्घर्ष आन्दोलन गरेको प्रष्ट पार्नुभयो । नेता पौडेलले ‘पार्टी स्वतन्त्र समाज, समावेशीता र महिला अधिकारमा अग्रणी रहेको छ’ भन्दै जनताको, चित्त दुखाएर होइन मन जितेर मात्र निर्वाचनमा जानु पर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, डा डिला सङ्ग्रौला र गुरु घिमिरे संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अझ विस्तार र बृहत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । पुस्तकालयका अध्यक्ष दीपक चापागार्इं, प्रदेशसभा सदस्य केदार कार्की, प्राज्ञ दधिराज सुवेदी, कविराज न्यौपाने, यदु विष्ट, उद्धव कोइरालालगायतले पुस्तक १०४ वर्षे राणा शासनकाल अन्त्यका लागि गरिएकोे आन्दोलनको एतिहासिक ग्रन्थ हुनुका साथै विसं २००७ क्रान्तिको दस्तावेज रहेको विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा देवी डाँगीलाई रु २१ हजार राशीको मुक्तिप्रसाद यदुनाथ चापागार्इं सम्मान र कोरोना महामारीले मृत्यु भएकाको शव अन्त्येष्टिमा सक्रिय रुपमा सहयोग पु¥याउने तथा सङ्क्रमितको घर घरमा सेनेटाइजर गर्ने बरगाछी युवा समूहलाई रु १५ हजार राशिको सामाजिक पुरस्कारबाट सम्मान गर्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected