२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरमुख्य खबर

नेता गौतमको नेतृत्वमा बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुने

काठमाडौँ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमका सन्दर्भमा विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा उहाँको सचिवालयको ध्यानाकृष्ट भएको जनाइएको छ ।

राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा आज १३ गते प्रकाशित समाचारमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएका छन् भन्दै नेता गौतमको सचिवालयद्धारा आज जारी विज्ञप्तिमा विगत केही समयदेखि नेता वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन् भनिएको छ । राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता भएको सचिवालयको भनाई छ ।
।
“सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो । ती साथीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो । उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन”, विज्ञप्तिमा भनिएको छ ।

नेता गौतमको नेतृत्वमा बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुने सो विज्ञप्तिमा उल्लेख छ । “पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ । तर, जसरी ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी वामदेव कमरेडको नाममा भनाइ सार्वजनिक गरियो, यसलाई हामीले पार्टी एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको रुपमा बुझेका छौँ । एकता अभियानका नेतृत्वकर्ता कमरेडमाथि नै यस्ता भ्रमपूर्ण समाचार प्रवाह गर्नु भनेको एकता विरोधी व्यक्तिहरुले हाम्रो अभियानलाई कमजोर बनाउने दुस्साहस गरेको रुपमा हामीले बुझेका छौँ”, विज्ञप्तिमा भनिएको छ ।

सो विज्ञप्तिमा नेता गौतम पार्टी एकताका निम्ति आफूसँग भएका पदहरु गुमाउन वा कसैका निम्ति छोडिदिन पनि तयार हुनुहुन्छ भन्ने उल्लेख छ । “ किनभने, पार्टीको एकता आम नेपालीको चाहना हो । मुलुकको विकास, सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य छ । त्यस्तो अनिवार्यतावोध गर्ने नेताले ‘मलाई यो पद दिए त्यो समूहमा जान्छु’ भन्ने जस्ता अभिव्यक्ति दिँदैन भन्ने कुरा जिम्मेवार सञ्चारकर्मी तथा आम जनसमुदायले साथीहरुले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौँ”, विज्ञप्तिमा भनिएको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…