0Shares

काठमाडौँ, १५ माघ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ ।

मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ९२ हजार मूल्य निर्धारण भएको छ ।

छापावाला सुन बुधबार तोलामा रु ९२ हजार १०० मा कारोवार भएको थियो । मङ्गलबार भने छापावाला सुन तोलामा रु ९२ हजार ८०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको थियो । त्यस्तै चाँदी तोलामा रु पाँचले घटेको छ । तोलामा बुधबार रु एक हजार २५० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected