२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

आज दिउँसो लोकतन्त्रवादी संस्थाले मौन–प्रदर्शन गर्ने

काठमाडौँ, २४ माघ । विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघट्नविरुद्ध आज शनिबार मौन–विरोध प्रदर्शन गर्ने भएका छन् ।

मुलुकको विषम स्थितिमा चेतनशील नागरिक चुप अग्रसर भई पार्टीगत र गुटगत स्वार्थपूर्र्ण प्रवृत्तिविरुद्ध तथा जनजीवनका सवाल उठाएर प्रदर्शन गर्न लागिएको ती संस्थाले जनाएका छन् । काठमाडौँ उपत्यकामा पेशाकर्मी, टे«ड युनियनकर्मी तथा व्यवसायीका तर्फबाट मध्यान्ह १२ बजे टँुडिखेल वरिपरि र अन्य जिल्लामा प्रदर्शन गरिने जनाइएको छ ।

प्रदर्शनीमा नेपाल टे«ड यूनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल साँस्कृतिक सङ्घ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियशन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, लोकतान्त्रिक गैह्रसरकारी संस्था महासङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक सङ्घले सहभागिता जनाउनेछन् ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…