0Shares

काठमाडौँ, ३०/नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ ।

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको आज बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकमा जनसम्पर्क समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो । बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशनसमेत दिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected