२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

रामचन्द्र पौडेलको प्रश्न : बैशाख २७ पछि नेपालको शासनको अथोरिटी को संग हुन्छ ?

रामचन्द्र पौडेलको प्रश्न ः बैशाख २७ पछि नेपालको शासनको अथोरिटी को संग हुन्छ ?
हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको हो । शेरबहादुर देउवाले विघटन गरेको संसदलाई आन्दोलनबाट फर्काएको हो नि । फेरि इतिहाँस नदोहारिओस २०६२ ६३ को जस्तो । पौडेलले भने अदालतले संसद विघटनलाई सदर गरोस अनि फेरि ठूलो आन्दोलन होस अनि त्यही आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस । यो चुनाव त हुनेवाला छैन् । बैशाखको २७ गतेपछि शासनको अथोअिधिकार को संग हुन्छ । चुनाव गर्छु भनेकाले बैशाख २७ गतेसम्म केपी ओलीसंग शासन गर्ने अधिकार होला तर त्यो भन्दा पछि शासन गर्ने अधिकार को संग हुन्छ । त्यसो हुँदा मुलुकमा अराजकता आउछ । त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दहरुले पनि च्यालेन्ज गर्ने भए सेनाले पनि च्यालेन्ज गर्ने भए । जोसंग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए । जो संग हतियार छ उहि शक्तिशाली हुने दिन आउछन् । को संग हुन्छ शासन गर्ने अधिकार । मुलुकमा यस्तो अवस्था आउदै छ ।
यो अवस्था आउदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई वेवारिसे छोड्नु हुदैछ । मेरो पार्टीमा पार्टीका नेताहरुसंग यही आग्रह हो । नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा कांग्रेस रमिते बन्न हुँदैन । कांग्रेस देशको वारेस हो । कांग्रेस देशको भरोसा हो । हिजो राजा थिए । आजको भरोसा राजनीति दल नै हुन् । राजनीति दलहरुलाई पनि नेपाली जनताले भरोसा गरेका थिए । ती जनतालाई धोका दिएर कता कता पुगे । त्यसैले मुलुक र जनताको भरोसा कांग्रेस नै हो । कांग्रेस सहि बाटोमा सही ढंगले उभिएन भने यसलाई भरोसा किन गर्ने ? जनताले भरोसा नै गर्ने ठाँउ पाएनन भने के हुन्छ ? अब हामीले भन्नुपर्छ मुलुक र जनतालाई भरोसा दिन्छौ । संविधान र लोकतन्त्र जोगाउछौ । नेपाली जनताको ७० वर्ष सम्मको पसिना खेर जान दिदैनौ । यो परिवर्तन हामी जोगाउछौ भनेर कांग्रेसले भन्नुपर्छ । यो संविधान र यो लोकतन्त्र जोगाउनका लागि हामीले कुनै पनि मुल्य चुकाउनुहुँदैन् ।
त्यसो भएका हुनाले यो प्रतिनीधिसभाको पुनःस्थापना हुनुपर्छ । अहिले हेर्दा त सरक्क चुनाव हुन्छ हामी जितिहाल्छौ भन्ने होला । संसद पुनःस्थापना हुँदा मन्त्री बन्ने सांसद बन्ने सवै उनिहरु नै हुन । चुनाव भयो भने हामी जितौला तर अहिले हामीले तत्कालिन फाइदा हेर्ने कि मुलुकलाई संविधानलाई र लोकतन्त्रलाई हेर्ने ?
मैले पार्टीका ३ वटा प्रस्ताव राखेको थिए, संवैधानिक अंगका नियुक्तीको खारजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविस्वासको प्रस्तावको पक्षमा मतदान गरौ भन्ने तर मेरो प्रस्ताव पास भएन् । पार्टी निर्णय विहिन भएर पार्टी बसिराखेको छ । हामी निर्णय विहिन बन्ने होइन हामीले त मुलुकलाई दिशा दिने हो मुलुकलाई बाटो देखाउने हो ।
धरान उपमहानगरपालिकामा रहेको वीपी पार्कमा वीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको मन्तब्य २०७७ फागुन ७ गते

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…