२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
कोरोना-विशेष

थप १०७ मा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ, ५ चैत । देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण एक जनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १०७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६१० रहेको छ । निको हुने दर भने ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

अहिले देशभर एक हजार सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५२ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख २७ हजार ५४७ को पिसिआर परीक्षण भएको छ । हालसम्मा तीन हजार १५ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

Read more

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की विजयी

कास्की ।   पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की विजयी भएका छन् । भदौ २८ र २९ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत भएको मतदानको…

फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) आयो

१ फागुन, काठमाडौं । कोरोनाको विरुद्ध फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) नेपाल भित्रिएको छ । नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप पहिलो चरणमा ३…

टियुले भन्यो- ‘जनस्वाथ्यको मापदण्ड अपनाऔं’

पोखरा भ्यूज १४ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टयु) ले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव…

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ

ताञ्जानिया । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना…

दक्षिण कोरियामा पनि देखियो ‘ओमिक्रोन’

सोल । दक्षिण कोरियामा पनि कोभिड (१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका…

‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट…