कथित चुनावको उदघोष जालझेल र व्यवस्था नै कू गर्ने अग्रसरता हो, डटेर प्रतिवाद गर्न आव्हान गर्दछु ः नेता नेपाल
- May 22, 2021
- 2295

0Shares
काठमाडौँ, ८ जेठ । नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गएराति भएको संसद विघटनलाई प्रतिगमनको भाग दुई भन्दै प्रधानमन्त्री केपी ओलीको यो कदमको भत्र्सना गर्दछु भन्नुभएको छ । उहाँले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ भन्दै यसले प्रतिगमन दोहोरिएको छ भन्नुभएको छ ।
“संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो, यो व्यवस्था नै कू गर्ने अग्रसरता हो, शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ”, नेता नेपालले टवीट गर्दै भन्नुभएको छ । उहाँले यसका विरुद्ध डटेर प्रतिवाद गर्न पनि आव्हान गर्नुभएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















