२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
पर्यटनफिचर समाचारमुख्य खबर

स्की एन्ड स्नोबोर्डिङ प्रतिष्ठानद्धारा मेरापिक आरोहण तथा स्की माउन्टेनरिङ खेलको सम्भाव्यता अध्ययन – स्की माउन्टेनरिङका लागि मेरापिक उपयुक्त गन्तव्य

काठमाडौँ,  । सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम सञ्चालनका लागि हालै गरिएको उक्त हिमाल आरोहणसहितको अध्ययनले उपयुक्त गन्तव्य ठह¥याएको हो ।

नेपालका दुई तथा विदेशी दुई गरी चारजनाको टोलीले उक्त गन्तव्यको आरोहण र अध्धयन गर्न निस्केको थियो । गत मे ६ तारिखमा दुई विदेशीले मेरापिकको टुप्पोमा पुगेर मेरापिकदेखि स्की खेल्दै करीब आधा घण्टामा आधार शिविर भरेका थिए । नेदरल्यान्डका ३५ वर्षीय माथाइस भान रिजिन र ४० वर्षीय डेड्रिक भान रिजिनले मेरापिक आरोहण गरेका हुन् ।

स्की एन्ड स्नोबोर्डिङ प्रतिष्ठानले स्नो गाइड नेपाल ट्रेक्स एन्ड एक्पिडिशनसँगको सहकार्यमा मेरापिक आरोहण तथा स्की माउन्टेनरिङ खेलको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त कार्यमा स्थानीय रिफ्युजी मेरा होटेलले सहयोग गरेको थियो । प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले मेरापिक हिमालमा स्की माउन्टेनरिङ खेलका लागि प्रशिक्षण सञ्चालनका लागि अध्ययन गरिएको र मेरापिक उपयुक्त गन्तव्य रहेको जानकारी दिनुभयो । सो टीममा महानजंग पाण्डे गाइडका रुपमा सहभागी थिए ।

उहाँका अनुसार सन् २०२६ मा इटालिमा हुने ओलम्पिकको स्की माउन्टेनरिङ खेलमा सहभागिता जनाउनका लागि मेरापिकमा प्रशिक्षण सञ्चालन गरिनेछ । यो ओलम्पिक सन् २०१८ मा दक्षिण कोरिया र सन् २०२२ मा चीनमा हँुदैछ । पहिलो पटक स्की माउन्टेनरिङ खेल समावेश गरिएको प्रतियोगिता इटालीमा शुरु हुन लागेको जनाइएको छ । उक्त प्रतियोगितामा राष्ट्रिय टोली बनाएर लैजाने योजना छ ।

ओलम्पिकका लागि सहभागिता गराउने उद्देश्यले तालीमलगायत काम गरिएको जानकारी दिँदै अध्यक्ष पाठकले मेरापिकमा आगामी अक्टोबर महिनामा स्की माउन्टेनरिङ प्रतियोगिता तालीम आयोजना गरिने बताउनुभयो । यही संस्थाले सन् २०१९ मा कालिञ्चोकमा स्की प्रतियोगिता आयोजना गरेको थियो । उक्त फाउण्डेशन इन्टरनेशनल स्की माउन्टेनरिङ फेडेरेशनको सदस्य संस्था पनि हो ।

यसअघि प्रतिष्ठानले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेलाई लक्षित गरी कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा माघ ९ देखि ११ गतेसम्म प्रथम कुरी स्की–स्नोबोर्ड च्याम्पियनशिप खेल महोत्सव आयोजना गर्ने योजना थियो ।

प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमीकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पिक, मनाङको खाग्ङला ग्लेसियर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधार शिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न तथा साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत पाँच वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Read more

फ्लाई दुबईबाट सिधै पोखरा ओर्लिए विदेशी टिकटकर्स, स्वागतले भए दंग

पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

६६ वर्षपछि आफ्नै गाउँमा धवलागिरि दिवस : मुदीबाट विश्वलाई हिमालको सन्देश

टंकराज अधिकारी । धवलागिरि हिमाल मा मानव पाइला परेको ६६ वर्षपछि पहिलोपटक यसको आरोहण दिवस हिमालकै काखमा मनाइएको छ। वर्षौंदेखि पोखरा र काठमाडौंमा सीमित रहने कार्यक्रम यसपटक धवलागिरि…

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…