२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्यदेशमुख्य खबरविज्ञान प्रविधि

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

काठमाडौँ, १२ साउन । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ सम्बृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र रु १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…