२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरदेशफिचर समाचारमुख्य खबरस्थानिय समाचार

नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

धुलिखेल, १६ साउन । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच शुक्रबार विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो । समझदारी पत्रमा समूहका तर्फबाट अध्यक्ष कसमस बिश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गर्नुभएको हो । विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पुर्याउने मुख्य लक्ष्यका साथ यो समझदारी भएको हो ।

समझदारी पत्रअनुसार ती अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझावलाई व्यवहारमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न समूहले आफ्ना सञ्चार माध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा) मार्फत आफ्नो भूमिका निर्वाह गर्नेछ । विश्वविद्यालयले पनि आफुले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरु समूहलाई उपलब्ध गराउनेछ । ती सामग्रीहरु सार्वजनिक गर्दा लाग्ने आर्थिक स्रोत उपलब्ध भएसम्म विश्वविद्यालयले समूहलाई उपलब्ध गराउने छ । अन्य स्रोतहरुको पहिचान र परिचालनमा पनि सहकार्य गर्ने समझदारी भएको छ । यसैगरी वातावरण र दिगो विकासका मुद्दाहरुमा दुई संस्थाले संयुक्त रुपमा राष्ट्रिय बहसका कार्यक्रमहरु पनि गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले समझदारी पत्रले दुई संस्थाबीचको सहकार्यको बाटो खोलेको बताउनु भयो । उहॉले समझदारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।

नेपाल वातावरण पत्रकार समूह ३५ बर्ष पहिले स्थापना भएको वातावरण पत्रकारहरुको संस्था हो भने काठमाडौं विश्वविद्यालय २९ बर्ष पहिले स्थापना भएको प्राज्ञिक संस्था हो । समझदारी पत्रमा हस्ताक्षर गरेका प्रा. डा. सुबोध शर्माले भन्नुभयो, ‘आजबाट दुई संस्था एउटै परिवार भएका छौं । हामीले हामी भन्दा परिपक्व र जेठो संस्थास‘ग समझदारी गरेका छौं । केयुले नेफेजबाट धेरै आशा गरेको छ ।’

उहॉले काठमाडौ विश्वविद्यालयलाई अनुसन्धानमा अग्रणी शैक्षिक संस्थाको रुपमा चिनाउन यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । देशको आवश्यकताअनुसारका बिषयहरु अध्यापन गराउँदै आएको र ती बिषयका अध्ययन तथा अनुसन्धानलाई पनि स‘गै लगिरहेको उल्लेख गर्दै उहॉले भन्नुभयो, ‘हो, यिनै बिषयहरुलाई नेफेजले आफ्ना सञ्चारमाध्यमबाट बाहिर ल्याउने छ ।’ ‘हामीले लिएको शिक्षा र डिग्रीहरुले समाजलाई के दियो ?’, शर्माले प्रश्न गर्नुभयो, ‘यही प्रश्नको जवाफ यो समझदारीले दिनेछ ।’

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस बिश्वकर्माले अध्ययन÷अनुसन्धानलाई जनतासम्म पुर्याउने मुख्य लक्ष्यका साथ समझदारी गरिएको बताउनुभयो । अध्ययन÷अनुसन्धानलाई आम नागरिकले बुझ्ने गरी जनतामाझ पुर्याउन आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । समूहले आफ्नो श्रव्यदृश्य कार्यक्रम आँखिझ्याल, रेडियो सगरमाथा, अनलाइन तथा छापामाध्यममार्फत् विश्वविद्यालयका गतिविधीलाई सार्वजनिक गर्ने उहॉले जानकारी दिनुभयो ।

कार्यक्रममा मानविकी संकायका डिन प्रा. डा. सागरराज शर्मा, डा. सुधांसु दाहाललगायत उपस्थित पदाधिकारीहरुले सहकार्यका संभावना धेरै रहेको र समझदारी कार्यान्वयनमा आफुहरु उत्सुक रहेको बताउनुभएको थियो भने प्रा. डा. बालचन्द्र लुइँटेलले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…