विमलेन्द्र, सशांक र प्रकाशमानबीच चाक्सीबारीमा भेटघाट
- July 31, 2021
- 2106
तस्बिर ः रामजी दाहालको फेसबुकबाट साभार

0Shares
काठमाडौँ, १६ साउन, । निर्धारित समयमै नेपाली काँग्रेसको महाधिवेशन हुने नहुने चर्चा चलिरहेको बेला सभापतिको आकांक्षीका रुपमा रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सिंहको निवास चाक्सीबारीमा शनिवार भेटवार्ता भएको छ । यस अघि उपसभापति निधिको निवासबाट शुरु भएको तीनै नेता बीचको भेटघाट तीनपटक तीनै नेताको निवासमा भइसकेको थियो । अहिले फेरि क्रियाशील सदस्यताको विवाद टुग्याएर महाविधेशन निर्धारित मितिमै गर्ने बारे छलफल तीव्र भईरहेको बेला उहाँहरुबीच भएको आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सभापतिमा आफूहरुमध्ये एकजनाको उम्मेवारी दिने गरी यसअघि छलफल अघि बढेको बताइएपनि आजको छलफलमा भएको कुराकानीबारे केही सार्वजनिक गरिएको छैन ।
0Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















