२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
कृषिदेशमुख्य खबर

सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूूर्वक सरकारले गृहकार्य गरिरहेको छ – गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौँ, २३ साउन । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय समाचार समिति(रासस)ले राखेका जिज्ञासमा उहाँले भन्नुुभयो, “अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिकरुपमा कमीकमजोरी रह्यो, यसलाई परिमार्जन र परिस्कृत गरी हामी प्रक्रिया अघि बढाउन र भूमिहीनलाई जग्गाको स्वामित्व दिन चाहन्छौँ ।

सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ । यसबाट कोही पनि नछुुटुुन । सबैलाई सम्बोधन गर्न सकियोस् भन्ने सरकारको सदासयता र चाहना हो ।” उहाँले संविधानको मौलिक अधिकारमै भूमिहीन र दलितलाई यी कुराको सुुनिश्चिता गरेकाले सरकारले संविधान र प्रक्रियागतरुपमा नागरिकका सरोकारका विषयलाई सम्बोधन गर्न प्रतिबद्ध बताउनुभयो । गृहमन्त्री खाँणले भन्नुुभयो, “भूूमिहीनसँग सम्बन्धित समस्या समाधानसँग सम्बन्धित सबै सरोकारवाला सबैलाई हामी आग्रह गर्न चाहन्छौँ यो विषयमा आत्तिहाल्ने र राजनीतिकरण गर्नुुपर्ने अवस्था छैन ।”

उहाँले संविधानले भूमिहीन र दलितलाई एकपटकका लागि जग्गा दिने र बसोबासको व्यवस्था गर्ने तथा अन्यलाई पनि उचित बसोबासको व्यवस्था र जग्गा प्रदान गर्ने कार्यमा आधारशीला तयार गरेको उल्लेख गर्नुुभयो । उहाँले भन्नुभयो, “भूमिहीनलाई उचित समयमा लालपूूर्जा दिन चाहान्छाँै त्यसका लागि सरकार कटिबद्ध छ, छुुटेका विषयलाई पनि संशोधन गरेर आयोग चाँडै बन्नेछ, आयोगले अविलम्ब काम प्रारम्भ गर्नेछ । यो विषयमा सरकार अत्यन्तै संवेदनशील र गम्भीर छ । नागरिकलाई मालिक बनाउने हकमा कुनै दुविधा नभएकाले हामी प्रक्रिया पूरा गरेर उहाँहरुलाई पूूर्जा वितरण गर्न चाहन्छौँ ।”आयोग गठनका सन्दर्भमा देखिएका कमीकमजोरीलाई सुधान गर्न सरकारले आयोग विघटन गर्नुपरेको जनाएको छ ।

Read more

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…

रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन अन्नपूर्ण गाउँपालिकाद्वारा विद्यालयलाई भाँडाकुँडा हस्तान्तरण

अन्नपूर्ण, कास्की। विद्यालयस्तरबाटै रैथाने बालीको संरक्षण, पोषणयुक्त दिवा खाजा प्रवर्द्धन तथा कृषि शिक्षालाई व्यवहारसँग जोड्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयलाई आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ।…

अन्नपूर्णमा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु : गाउँपालिकाको लक्ष्य–घरघरमा तरकारी, कृषकको आम्दानीमा वृद्धि

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरमा करेसाबारी निर्माण गरी तरकारी उत्पादन बढाउने उद्देश्यसहित ‘एक घर–एक करेसाबारी’ कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेको छ। मंगलबार गाउँपालिकाको वडा नं.…

पोखरामा २१औँ रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट दुई कृषक सम्मानित

पोखरा, असार १४। ‘ पोखरा सबै मौसमका लागि ’ भन्ने मूल नारासहित पोखरामा २१औँ रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय…

पोखरामा ‘तरबुजा मेला २०८३’ सम्पन्न

स्थानीय उत्पादन प्रवर्द्धनसँगै कृषि र पर्यटन जोड्ने प्रयास पोखरा । स्थानीय उत्पादनको प्रवर्द्धन तथा तरबुजा खेतीको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र वडा नं.…

कृषकलाई कृषि सामग्री तथा उपकरण वितरण

पोखरा, २३ वैशाख । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार कृषकलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकीकरण सहयोग वितरण गरिएको…