२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरदेशपर्यटनफोटो खबरमुख्य खबरव्यक्ति विशेषस्थानिय समाचार

नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक जहरसिंह पौवामा निर्माण गरिने

काठमाडौँ, २३ साउन । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको छ । बस्न्यातले वीरगति प्राप्त गरेको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवामा निर्माण हुन लागेको शालिकको बिहिबार प्रधानसेनापति पूर्णचन्द्र थापाले शिलान्यास गर्नुभयो ।

सो स्थानमा उहाँको पूर्णकदको शालिकसँगै एकीकरण सङ्ग्रहालय र उद्यानसमेत निर्माण हुने छ । शालिक, सङ्ग्रहालय र उद्यान निर्माणका लागि वडा कार्यालयले साँढे दुई रोपनी जग्गा उपलब्ध गराएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति थापाले इतिहास बिर्सिए धर्म, संस्कृति र संस्कार सबै बिर्सने भएकाले नेपाल एकीकरण मार्गलाई संरक्षण गर्ने अभियान शुरुआत गरिएको बताउनुभयो । गोरखाबाट काठमाडौँसम्मको एकीकरण एवं यस वरपर रहेका ऐतिहासिक किल्ला, गढीको संरक्षण गरेर सङ्ग्रहालय, उद्यान, शालिक, स्तम्भजस्ता स्थल निर्माणलाई सेनाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । “सिन्धुलीगढी, जितपुरगढीजस्ता ऐतिहासिक स्थलले नेपाल र नेपालीको अस्तित्व जोगाउन महत्वपूर्ण भूमिका निभाएका छन्, अङ्ग्रेजसँग भएको युद्धमा वीर योद्धाले यी स्थानबाट शत्रु पराजित गरेकाले यिनको संरक्षणमा काम भएको छ, सिन्धुलीलगढीमा सङ्ग्रहालय निर्माण भएको छ, त्यसलाई हेरेर यहाँ पनि एकीकरण सङ्ग्रहालय निर्माण गर्नुपर्छ”उहाँले भन्नुभयो ।

एकीकरणमा तराइवासीको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले सिन्धुलीगढीको युद्धका क्रममा जनकपुरबाट रसद पानी नआएकाले सेनालाई युद्ध रणनीतिमा सहज भएको तथ्य उल्लेख गर्नुभयो । बारा र पर्साका मानिसको पनि नेपाल एकीकरण र अङ्ग्रेजलाई हराउन योगदान रहेको उहाँले स्मरण गर्नुभयो ।

नगर प्रमुख सुवर्ण श्रेष्ठले पर्यटकीय दृष्टिले महत्वपूर्णस्थल जहरसिंहपौवामा निर्माण गर्न लागिएको एकीकरण अभियानका प्रथम सेनापति बस्न्यातको शालिक, सङ्ग्रहालय र उद्यानलगायत संरचनाले यसको महत्वलाई अझ बढाउने विचार राख्नुभयो । नगरपालिकाको साँगाचोक भन्ने स्थानमा बस्न्यातले वीरगति प्राप्त गरेपछि उहाँका नाति जहरसिंह बस्न्यातले प्रथम सेनापति शिवरामको स्मृतिमा पौवा बनाएपछि नै यस स्थानको नाम जहरसिंह पौवा रहेको ऐतिहासिक दस्तावेजका आधारमा यस ठाउँको विकास गर्न लागिएको हो ।

नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा पनि एकीकरण अभियानका पहलिो सेनापति बस्न्यातका बारेमा पाठ समावेश गरिएको छ । कक्षा ७ को व्यक्ति परिचय शीर्षकको पाठ समावेश गरिएको नगरपालिकाको शिक्षा शाखाका पूर्व प्रमुख बोधराज निरौलाले जानकारी दिनुभयो । वडाध्यक्ष सन्तबहादुर वाइवाले पर्यटन र कृषिका माध्यमबाट नगरपालिकालाई समृद्ध बनाउने योजना अनुरुप ऐतिहासिकस्थल जहरसिंह पौवालाई संरक्षण एवं प्रचारप्रसार गर्न लागिएको बताउनुभयो ।

सैनिक इतिहासको विषयमा खोज अनुसन्धानमा लाग्नुभएका पूर्व जर्नेल डा प्रेमसिंह बस्नेतले तामाङ राजाले जार काटेर जहरसिंह पौवा नाम रहेको भन्ने स्थानीयवासीमा रहेको भ्रमलाई ऐतिहासिक दस्तावेज तथा प्रमाणका आधारमा मेटाएर शालिक, सङ्ग्रहालय र उद्यान निर्माण गर्न लागिएको बताउनुभयो । श्रीपाली बस्नेत समाजको नेतृत्वमा शालिक, सङ्ग्रहालय र उद्यानलगायत संरचना निर्माण गर्न लागिएको हो । कार्यक्रममा समाजका अध्यक्ष पूर्व राजदूत डा निरञ्जनमानसिंह बस्नेतले एकीकरण शुरु भएपछि शिवरामसिंह बस्न्यात प्रथम सेनापति नियुक्त भई ९०० सेनाका साथ गोरखाबाट नुवाकोट, काठमाडौँ विजय गर्दै जहरसिंह पौवाबाट पूर्व लागेको बताउनुभयो । वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जहरसिंह पौवाको पनि पुनःनिर्माण गर्न लागिएको जानकारी कार्यक्रममा दिनुभयो । पौवा निर्माण गर्दा १६ रोपनी जग्गा भए पनि अहिले त्यो मासिएकाले नगरपालिकासँग जग्गा लिएर संरचना निर्माण गर्न लागिएको सो अवसरमा जानकारी दिइएको छ ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…