
अनुपा अधिकारी/पोखरा भ्यूज
पोखरा, ३२ श्रावण।नेपाल सरकारको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ ।
अखिल नेपाल किसान महासंघ कास्कीको अगुवाइमा जिल्ला प्रशासन कार्यालय अघि शहीदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो ।
वर्षौदेखि खनजोत एवम् उपयोग गर्दै आएका किसान, पुस्तौंदेखि एक आना जग्गा पनि नभएका सुकुम्वासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजीको विरोधमा हस्ताक्षर संकलनमा गरिएको किसान महासंघ कास्कीका अध्यक्ष रघुनाथ भण्डारीले बताए ।
उनका अनुसार अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्यहरू टीका अधिकारी, चूडामणि बराल, शिवजी कोइराला र देवेन्द्रराज शर्मा, भूमि समस्या समाधान आयोगका विज्ञ सुशीला पराजुली, भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ सहितको टोलीले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाएको छ । हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले हस्ताक्षर सम्बन्धित निकायमा पु¥याइने जानकारी दिएका छन् ।
हस्ताक्षर संकलन कार्यक्रमा भूमिहिन, सुकुम्वासी तथा किसानहरूको सहभागिता रहेको थियो । संकलित हस्ताक्षरमा करिब ११ हजार सहभागी छन् ।






सम्बन्धित खवर
















