9Shares

पोखरा भ्यूज

काठमाडौं ३२ श्रावण। देशभर पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दश हजार ९३ पीसीआर परीक्षणमा दुई हजार ५६६ जना र पाँच हजार ५१८ एन्टिजेन परीक्षणमा ८८५ गरी तीन हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । दुई २ हजार ४५८ जना निको भई घर फर्किएका छन् । हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ । त्यस्तै छ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर संख्या ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन् ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected