38Shares

अन्नपूर्ण, कास्की । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कास्कीमा वड़ा क्रियाशील सदस्य भेला सम्पन्न भएको छ ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशन मिति नजिकिदै गएको छ । सोही अनुरुप नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कास्की वड़ा इकाई समिती १ ले अधिबेशन सभ्य र भव्य रूपमा सफल पार्ने भन्ने बिषयमा छलफल भएको वड़ा ईकाईका सभापती इन्द्रप्रसाद सुवेदीले बताएका छन ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका बमोजिम यही भाद्र १८ गते हुने वडा अधिवेशन सम्पन्न गर्न मंगलवार एक कार्यदल समेत गठन गरेको छ । वडा इकाई सभापति इन्द्रप्रसाद सुवेदीका अनुसार कार्यदलमा नेपाली काँग्रेसका ज़िल्ला कार्यसमिति सदस्य एवं अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवर, महाधिवेशन प्रतिनिधि शुशील भट्टचन, वडा इकाई सभापति इन्द्रप्रसाद सुबेदी, अन्नपूर्ण गाउँपालिका कास्की वडा नं १ का वडाध्यक्ष भरतजंग कुँवर, वडा सदस्य गंगा कुँवर लगाएत सो कार्यदलमा रहेका छन। कार्यदलले सर्वसम्मत ढंगले अधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने बताइएको छ । वडा नं. १ मा १६० जना क्रियाशील सदस्य रहेका छन् ।

त्यस्तै वडा इकाई भित्रका नेपाली काँग्रेसका भातृ तथा शुवेच्छुक संघ संगठनका प्रमुख तथा प्रतिनिधीले अधिबेशन सफल पार्न लाग्ने गरी अधिबेशनको मुल समारोह समिति पनि गठन गरीएको छ।

नेपाली काँग्रेस वडा ईकाईका सभापती इन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकमा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवर, महाधिवेशन प्रतिनिधि शुशील भट्टचन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष मनपती भण्डारी, सचिव कृष्णप्रसाद सुवेदी, अन्नपूर्ण गाउँपालिका कास्की वडा नं १ का वडाध्यक्ष भरतजंग कुँवर, नेपाल प्रेस यूनियनका गण्डकी संयोजक टंकराज अधिकारी, वडा इकाईका सचिव गिरधारी सुबेदी, सह-सचिव नरपति दाहाल लगाएतले अधिवेशन सब्य र भब्य रूपमा सम्पन्न गर्न सम्पूर्ण क्रियाशील सदस्यहरूलाई आग्रह गरेका थिए ।

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected