
कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीको सल्यानमा विभिन्न १५ जना ब्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा अन्नपूर्ण गाउँपालिका कास्की वडा नं ५ सल्यान पुरानो गाउँका प्रकास वि क, लक्ष्मण वि क, सुमन वि क, भरत वि क, विक्रम वि क लगाएत १५जना रहेका नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का कोषाध्यक्ष एवं अन्नपूर्ण गाउँपालिका वडा नं ५ का वडाध्यक्ष जीवनाथ पौडेलले जानकारी दिएका छन् ।
मंगलवार सल्यानमा आयोजित एक कार्यक्रममा काँग्रेसमा प्रवेश गरेकाहरुलाई नेपाली काग्रेस जिल्ला कार्य समिति सदस्य एवं अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुवँर, वडा नं ५ का वडाध्यक्ष जीवनाथ पौडेल लगाएतले स्वागत गरेका थिए ।
कांग्रेस प्रवेश गरेकाको भनाई अनुसार नेपाली कांग्रेसले आफ्नो व्यक्तिगत फाइदाका लागि नभई जनताको पक्षमा काम गरेकाले आफुहरुले कांग्रेस पार्टी रोजेकोे बताएका छन् ।
पाटी प्रवेश कार्यक्रममा अध्यक्ष कुवँरले अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लहर चलेको हुँदा चाडैनै पालिका भित्रका सबै वडा तहमा पार्टी प्रवेश अभियान चलाउने बताएका छन् ।







सम्बन्धित खवर
















