312Shares

पोखरा भ्यूज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अन्नपूर्ण गाउँपालिका कास्कीको नेतृत्व सर्वसम्मत चयन भएको अन्नपूर्णका वडातहको अधिवेशन सम्पन्न भएसंगै गाउँपालिकाले पालिकाको नेतृत्व पनि सर्वसम्मत चयन गरेर अन्य ठाउँमा पनि सर्वसम्मत नेतृत्व चयनगर्नका लागि सन्देश दिएको संभवत गण्डकी प्रदेश अन्तर्गतका ११ ज़िल्ला मध्ये मनाङ वाहेक अन्य ज़िल्ला भित्रका पालिकाकोअधिवेशनका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने पालिका भएको बुझिएको

आवश्यक पदमा आवश्यकताभन्दा धेरैको उम्मेदवारी नपरेपछि सबैजना निर्विरोध भएका छन तर आधिकारिक घोषणा भने शनिबार हुने निर्वाचन अधिकृत प्रकाश शर्माले जानकारी दिए ।

  1. अन्नपूर्ण गाउँपालिकामा पार्टीको आगामी नेतृत्वका लागि मनपति भण्डारी नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो   भण्डारी यसअघि पनि नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति रहेका थिए

समितिको उपसभापतिमा शुशील भट्टचन गौमाया नेपाली, सचिवमा कृष्ण प्रसाद सुबेदी विजय गुरूङ तथा सहसचिव धुर्व घले मुक्ति गुरूङ निर्विरोध निर्वाचित भएका छन्

यसअघि अन्नपूर्ण गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि सर्वसम्मत चयन भएको थियो जस अनुसार वडा नं कोसभापतिमा वलबहादुर कुँवर, वडा नं को सभापतिमा पिताम्बर भण्डारी, वडा नं को सभापतिमा डिल्लीराम पौडेल, वडा नं कोसभापतिमा मानबहादुर केसी, वडा नं को सभापतिमा नरहरी पौडेल चयन भएका थिए

त्यसै गरी को सभापतिमा कृष्णप्रसाद देवकोटा, मा चित्रबहादुर गुरूङ मा टेकबहादुर गुरूङ, मा नजरमान गुरूङ, १० मा शिवगुरूङ ११ मा विशाल गुरूङ निर्वाचित भएका थिए

312Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected