२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरमुख्य खबर

गुणस्तर र छबी कायम हुने गरी काम गर्न मन्त्री खड्काको निर्देशन

१३ असोज, पोखरा

पोखरा भ्यूज। भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले प्रदेशको विकास तथा पहिचानका लागि मुख्य मुख्य पुल तथा सडकलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि सचिव रामचन्द्र श्रेष्ठले मन्त्री खड्कासँग कार्यसम्पादन सम्झौता गरे । कार्यक्रममा ११ जिल्लाका पूर्वाधार विकास कार्यालय, ४ वटा यातायात कार्यालय, तथा कास्कीमा रहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख, पूर्वाधार निर्देशनालय कास्कीका निर्देशकले मन्त्री खड्काको रोहबरमा सचिव श्रेष्ठसँग कार्यसम्पादन सम्झौता गरे ।
मन्त्री खड्काले प्रदेशमा प्रदेशमा समायोजन भएका कर्मचारीहरु कम तथा अपर्याप्त भएको भन्दै प्राविधिक कर्मचारीहरु मन्त्रालयबाट यथाशक्य छिट्टै व्यवस्था गर्नेतर्फ मन्त्रालय लागिरहेको बताए । उनले भने, ‘मन्त्रालयले निर्धारण गरेको लक्ष्य प्राप्तिमा कार्यालय प्रमुखहरु लाग्नुहोला, हरेक काम कर्तव्यमा मन्त्रालयको छवि उच्च रहने गरी काम गर्नुहोला ।’
काममा गुणस्तर कायम हुने गरी विकास निर्माणका कामहरुको प्राविधिकले नियमित र निरन्तर सुपरिवेक्षण गर्न उनले निर्देशन दिए । निर्माण सम्बन्धी कामको बिल रकम भुक्तानी गर्नुपूर्व अनिवार्य रुपमा गुणस्तर परीक्षण गरेर मात्र बिल रकम भुक्तानी गर्न पनि मन्त्री खड्काले निर्देशन गरेका छन् ।
विनियोजित बजेटको परिधिमा रहेर ९० प्रतिशत भन्दा बढी प्रगति हुने गरी विकास निर्माण सम्बन्धी काम गर्ने गराउन र नयाँ आवका लागि दायित्व सिर्जना हुने गरी काम नगर्ने जसको लागि स्रोत सुनिश्चित गरेर मात्र ठेक्का व्यवस्थापन गर्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, उपसचिव टीकाराम पौडेल, महाशाखा प्रमुखद्वय रामकुमार श्रेष्ठ र राम पराजुली लगायत उपस्थित रहेको मन्त्री खड्काका निजी सचिव केदार सापकोटाले जानकारी दिए ।

 

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…