२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
अर्थ र वाणिज्य

शेयर बजार परिसूचक नेप्से ७९.७९ अंकले गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्से ७९.७९ अंकले गिरावट भई २७४९.८५ विन्दुमा रोकिएको छ । यद्यपि बजारले ओरालो यात्रा तय गर्दा पनि कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ ।

आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको मात्र शेयर खरिद बिक्री भएको थियो । घट्दो बजारमा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ७ कम्पनीको मूल्य बढ्यो भने एक् कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । मंगलबार कारोबारमा आएका सबै १३ उपसमूह राताम्मे भएका छन् ।

आज विकास बैंक, फाइनान्स, निर्जिवन बिमा र अन्य उपसमूहको गिरावट कम्तीमा तीन देखि ५ प्रतिशतसम्म छ । आज साहस ऊर्जा, तेह्रथुम पावर र मानुषी लघुवित्तको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ भने आईसी एफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज नबिल बैंक, शाहास उर्जा र अपी पावर कम्पनीको शेयरमा उच्च खरिद चाप देखिएको छ । नबिल बैंकको सर्वाधिक धेरै २९ करोड, साहस उर्जाको २५ र अपी पावर कम्पनीको २२ करोड रुपैयाँ भन्दा धेरैको सेयर खरिद बिक्री भएको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…