२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबरमनोरन्जन

मोडलिङमा सफलता खोज्दै स्याङ्जाका सन्तोष

पोखरा । स्याङ्जाका सन्तोष पौडेल अभिनित दोस्रो म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेको शब्द स्वरमा ‘नयाँ साथी…’ हालै सार्वजनिक भएको हो ।
सार्वजनिक म्यूजिक भिडियो गायिका आलेको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा अभिनय मार्फत उनै सन्तोष जोडिएका छन् । लोक पप शैलीमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा सन्तोषसंगै गायिका प्रिती आले, रञ्जन पाण्डे, बिबेक क्षेत्री, हरिप्रसाद रेग्मी, बिक्रम गुरुङ, रवि श्रेष्ठ, प्रकाश अधिकारी लगायतलाई देख्न सकिन्छ ।
प्रकाश न्यौपानेको शब्द प्रिती आले र जय देवकोटाको तीज गीत ‘खरि झर्योकी’बाट मोडलिङमा डेब्यू गरेका सन्तोषको यो दोस्रो अभिनयमा हो । सानैदेखि गीत संगितमा रुची राख्ने सन्तोषले पहिलो तीज गीतबाट भन्दा हालै सार्वजनिक भएको नयाँ साथीबाट सकारात्मक प्रतिक्रिया मिलेका बताए ।


स्याङ्जको आँधीखोला गाउँपालिका–३ शान्तिडाँडामा जन्मिएका सन्तोष हाल बैंकिङ क्षेत्रमा कार्यरत छन् । बैंकिङ क्षेत्रसंगै मोडलिङलाई पनि संगै लैजाने लक्ष्य राखेका उनले दोस्रो अभिनयबाट धेरै हौषला र दर्शक स्रोताका सकरात्मक प्रतिक्रिया मिलेको बताए । उनले भने, ‘सानैदेखि गीतसंगितमा रुची राख्ने म तीज गीत हुँदै नयाँ प्रोजेक्टमा जोडिएको छु, त्यसबाट निकै हौसला मिलेको छ । दर्शक स्रोताले माया गरिरहनु भा’छ ।’ उनले थपे, ‘सानैदेखि रुचीको क्षेत्र भएको हुँदा मोडलिङ मेरो सानैदेखि रुचीको क्षेत्र भएको हुँदा विस्तारै यो क्षेत्रलाई निरन्तरता दिन्छु ।’
अहिले सार्वजनिक आफू अभिनित म्यूजिक भिडियो प्रिती आलेको उत्कृष्ठ स्वर, शब्द मा लोक–पप गीत निकै उत्कृष्ठ रहेको उनले बताए । विषेश गरी माया प्रेम भाव समेटेर तयार पारिएको म्यूजिक भिडियो हरेक हिसावले उत्कृष्ठ भएको दावी गरे । उनले भने–‘यो गीतले साँच्चै मन छुन्छ । गीतलाई स्रोता अनि दर्शकहरुले पनि निकै रुचाउने विश्वास लिएको छु ।’
गीतको छायाङ्कन पोखरा र घान्द्रुकमा गरिएको भिडियोको निर्देशन स्वयम् आलेले गरेकी हुन् भने मिक्सिङ एचबीएन किस्मत, विमल छिनालले रेकर्ड गराएका हुन् । भिडियो गणेश सापकोटाले खिचेका हुन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…