41Shares

पोखरा । नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा प्रत्यासी उमेद्वारलाई भड्किलो प्रचार रोक लगाएको छ । कास्की काँग्रेसको वुधबार बसेको बैठकले भड्किलो प्रचार रोक लगाउने निर्णय गरेको हो ।

पार्टीको निर्णय बमोजिम अब कुनै पनि उमेद्वारले भड्किलो शैलीमा प्रचार गर्न नपाउने प्रवक्ता नवीन सिग्देल बताए । पार्टीको आन्तरिक चुनावमा उमेद्वारहरूको प्रचार शैली भड्किलो बन्दै गएको निष्कर्ष निकाल्दै बैठकले त्यस्तो प्रचारशैली रोक लगाउने निर्णय गरेको हो ।

प्रवक्ता सिग्देलका अनुसार उमेद्वारले एक मात्र परिचयपत्र भिरेर हिड्न भने पाइने भएको छ । तर अन्य प्रचार सामाग्री वितरण गर्न नपाइने उनले उनले स्पष्ट पारे ।

साथै बैठकले ११ आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा बढुवा गरेको छ ।

यसअघि पोखरा भ्यूजले “काँग्रेसको १४ औं महाधिवेशनः प्रचारशैलीबारे बहस शुरू” शीर्षकको समाचार प्रकाशित गरेको थियो । उक्त समाचार हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।http://www.pokharaviews.com/archives/10766

 

41Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected