२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
अर्थ र वाणिज्य

नेप्से परिसूचकको ओरालो यात्रा यथावत

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्सेको यात्रा कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.६४ अङ्कले घटेर दुई हजार ६२८.३७ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले बढेर ४९५.६३ मा पुगेको छ ।

नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागे पनि कारोबार रकम रु तीन अर्बमा सीमित भएको छ । कूल २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर रु तीन अर्ब आठ करोड ९० लाख ४१ हजार ९९१ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९५ अर्ब छ करोड ७३ लाख १० हजारको बराबर पुगेको छ ।

नेप्सेका अनुसारका कारोबार भएका कूल १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.५६, व्यापार २२.६२, होटल तथा पर्यटन ४.१९, उत्पादन ५१.६९, लघुवित्त १०.९५, जीवन बीमा ६९.६४ र लगानी ०.४३ अङ्कले ओरालो लागे । यस्तै विकास बैंक ४०.८८, जलविद्युत् ११.४, वित्त ८.८९, निर्जीवन बीमा ९६.६, अन्य १४.११ र सामूहिक लगानी कोष ०.०१ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड दुई लाख ७६ हजार ५५२ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक रु १३ करोड ९९ लाख ११ हजार ९४४, हिमालयन डिस्टिलरी रु १० करोड २३ करोड ६४ लाख ९२२, नबिल बैंक रु आठ करोड छ लाख सात हजार ८१४ र नशेनल हाइड्रोपावर रु सात करोड ५९ लाख ५६ हजार ६४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार समालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, तेह्रथुम पावर कम्पनी .।०८, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.४९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.१० प्रतिशतले कमाए । त्यस्तै इन्फिनिटी लघुवित्त ४.७७, लाइफ इन्स्योरेन्स कम्पनी २.८६, मितेरी डेभलपमेन्ट बैंक २.७६, बैंक अफ काठमाडौँ २ं७६ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…