२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

तथ्यमा आधारित तथ्याङकको आधारमा विकासलाई प्रथामिकता दिनुपर्छः मन्त्री बराल

पोखरा भ्यूज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तथ्यमा आधारित तथ्याङकको आधारमा विकास निर्माणलाई प्रथामिकता दिनुपर्ने बताएका छन। संघिय अर्थ मन्त्रालयले आज (आइतबार) पोखरामा आयोजना गरेको आर्थिक सर्वेक्षण २०७८÷०७९ को तयारी सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले तथ्यमा आधारित प्राप्त तथ्याङकलाई आधार मानेर विकास निर्माणलाई प्रथामिकता दिनुपर्ने बताएका हुन ।

कुनै कार्यालयले तथ्याङकलाई रहस्यमय बनाउन नहुने बताउदै मन्त्री बरालले आफुहरुसंग भएको तथ्याङकलाई सार्वजनीक र बहन गर्नुपर्नेमा जोड दिए । सामाजिक शंक्रिणताको कारण केहीले तथ्याङक बिषय बस्तुलाई रहस्यमय बनाइदिने र सामान्य व्यक्तिहरुले समेत बुझ्न नै नसक्ने, जान्नै नसक्ने अन्यौलमा पार्ने प्रचलन भएको उनको भनाई थियो । काठमाण्डौं केन्द्रित राज्य प्रणालीको सोच भएकोले गर्दा हाम्रा लक्ष्य र उद्धेश्य प्राप्तीमा गम्भिर प्रश्न जन्मेको मन्त्री बरालको भनाई रहेको थियो ।

सिमित श्रोत साधनको अधिकत्तम प्रयोग गर्दै जनताको आवश्यकताहरुलाई समेत प्रथामिकिकरण गर्दै विकास निर्माणमा स्थानिय, प्रदेश र संघिय सरकार बिच समन्वय, सहकार्य र सह—अस्तित्व हुनुपर्ने मन्त्री बरालको भनाई थियो । समाजबादको जग स्थापना हुने गरी सत्य तथा तथ्यमा आधारित तथ्याङक संकलन तथा सोही अनुरुप कार्यान्वयन गर्न सवै लाग्नु पर्ने मन्त्री बरालको भनाई थियो । आउँदो चैत २१ गते भित्र आ—आफ्नो कार्यालयबाट आर्थिक सर्वेक्षणको विवरण संकलन अभियानलाई सफल पार्न समयमै तथ्याङक उपलब्ध गराउन प्रादेशीक कार्यालयका पदाधिकारीहरुलाई मन्त्री बरालले आग्रह गरे ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिब कृष्ण प्रसाद शर्माले देशमा ऋण दाहित्व बढ्दै गएको कृषिमा शेयर घट्दो रुपमा रहेको चालु खर्च बढ्दो रुपमा रहेको दाबी गरे । प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तथ्याङकले जीवनस्तर सुधार हुने गरी कार्यक्रम गर्न सहज हुने बताए । प्रदेशका प्रमुख सचिब रविलाल पन्थले तथ्याङकको उचित प्रयोग गर्न सके पछि परेका व्यक्तिहरुको जीवनस्तर उकास्न सकिने बताए । प्रदेशको निती तथा योजना आयोगका उपाध्यक्ष रधुराज काफ्लेले संघिय आर्थिक सर्वेक्षणमा प्रदेशहरुको समेत छुट्टा छुट्टै परिसूचकहरु ल्याउनुपर्ने माग गरेका छन ।

अझै पनि बजार केन्द्रित बसाई सराई नरोकिएकोले ग्रामिण क्षेत्रमा विकास निर्माणमा जोड दिनुपर्ने उनको भनाई थियो । आयोगका सदस्य माया तिमिल्सिनाले सर्वोक्षणले समावेसी र लैंगिक विकास तर्फ समेत ध्यान दिनुपर्ने धारण व्यक्त गरिन । प्रदेशको अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पहिलो चौमासिकको खर्च गर्ने सिस्टम र अन्तिम चौमासिकको खर्च गर्ने सिस्टम बिच असन्तुलन अझै कायम भएको गुनासो गरे । कार्यक्रममा मन्त्रालयका राजश्व सचिव कृष्ण हरी पुस्कर, सहसचिव हिक्मत बहादुर भण्डारी लगायतले बोलेका थिए ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…