२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

रबिन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने

पोखरा भ्यूज । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र प्रसाद अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ।
अधिकारीको नाममा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो पुरस्कार स्थापना गर्न लागेको हो । स्व. अधिकारीको तेस्रो स्मृति दिबसका सन्दर्भमा शनिवार पोखरामा आयोजित रबिन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो।
प्रतिष्ठानका अध्यक्ष एवं एमाले केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एबम स्वर्गीय अधिकारीकी धर्मपत्नी बिद्या भट्टराई अधिकारीले स्व. अधिकारीले विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानलाई आम जनतासम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने, बिकासका र पर्यटन क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन।
उनले पुरस्कार यसबर्षबाट रु २५ लाखको अक्षय कोष स्थापना गरी शुरूवात गरिने बताउदै अधिकारीको जन्म दिन बैशाख २२ को अबसर पारेर उक्त पुरस्कार प्रदान गरिने बताइन।
प्रतिस्ठानका महासचिब धनराज आचार्यले तेस्रो स्मृति दिवस यस बर्ष विभिन्न कार्यक्रमको आयोजना गरी त्री-दिवशिय रुपमा मनाउन लागिएको बताए । जसअनुसार फागुन १४ गते दिउँसो ४ बजे रबिन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रीया कार्यक्रम, फागुन १५ गते बिहान आठ बजे सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारीको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान एघार बजे रबिन्द्र स्मृती दिवस समारोह, फागुन १६ गते बिहान ११ बजे पृथ्वीनारायण क्याम्पसमा “बिध्यार्थी राजनिती ,बिकास र रबिन्द्र अधिकारी” बिषयमा परिसम्बाद कार्यक्रम आयोजना गरिएको आचार्यले जानकारी दिए।
कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक, अग्रज पत्रकार पुण्य पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका संचाकर्मीहरुले रबिन्द्र अधिकारिले संचार लगायत बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…