२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरा भाडाँ व्याबसायी सघंको १५ औ साधारण सभा सम्पन्न

पोखरा भ्यूज

पोखरा । पोखरा भाडाँ व्याबसायी सघं कास्कीको १५ औ साधारण सभा सम्पन्न भएको छ ।
सघंको साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उधोग बाणिज्य सघंका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले करको नाममा सरकारले व्यावसायीहरुलाइ आतंङकित पार्ने काम गरेको आरोप लगाएका छन । सामान्य व्यावसायिक प्रबर्धनको लागी आफ्नै व्यावसाय परिषरमा राखिएको समान्य सुचना पाटीको समेत कर लिने नितिका कारण ब्यवसायीहरू दोहारो करको पेलाइमा परेको समेत उनको भनाई थियो ।
पोखरा उधोग बाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिले कोबिडका कारण बिस्थापित भएका व्यवसायिहरुलाई पुनःस्थापित गर्नको लागी सरकारले व्यवस्थित र बिश्वासिलो निति लिन अनुरोध गरे ।
कार्यक्रममा एस ई ई र प्लस टुमा उत्कृष्ट नतिजा ल्याउन सफल व्यबसायिका ३ जना छोराछोरीहरुलाई सम्मान गरीएको थियो । साथै कार्यक्रममा वरिष्ठ तथा उत्कृष्ट भाडा व्यावसायी पुरूशोत्तम श्रेष्ठलाइ सम्मान गरीएको थियो ।
सस्थाले सामाजिक उतरदायित्व अन्र्तगत पोखरा वडा नं १२ स्थित सरस्वती आधारभुत बिधालयका १५३ जना बिधार्थीलाइ शैक्षिक तथा खेलकुद सामग्रीहरु बितरण गरेको थियो ।विश्वव्यापी कोभिडका कारण अस्तव्यस्त रहेको व्यावसाय र व्यावसायीलाइ आबश्यकता अनुसार कोबिड खोप र अन्य प्रर्बधनात्मक कार्यक्रम सघंले काम गरेको समेत सघंका अध्यक्ष नरेन्द्र प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पोखरा क्षेत्रमा आजिवन सदस्य ७६ जना र साधारण सदस्य १ सय ५ जना रहेका छन । सघंको साधारण सदस्यको लागी १५ सय र अजिबन सदस्यका लागी रु १० हजार तोकेको समेत कार्यक्रममा जानकारी दिइयो ।
सघंले एक बर्षमा बिभिन्न गतीबिधिका लागी ४ लाख ७६ हजार रुपैया खर्च गरेको छ भने क्यालेन्डर प्रकाशन सदस्यता शुल्क र अन्य सहयोग बाट ६ लाख ५० हजार आम्दानी गरेको सघंका कोषाध्यक्ष ओम कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सस्थापक अध्यक्ष तथा वडा नं ३ का वडाध्यक्ष रबिन्द्र बहादुर प्रजु, एल पी ग्यासका सञ्चालक बालकृष्ण कोइराला, प्लास्टिक व्याबसायी सघंका अध्यक्ष श्री राम गौतम लगायतका व्यक्तीहरु बोलेका थिए  भने कार्यक्रम सञ्चालन सस्थाका सचिव लक्ष्मि प्रसाद अधिकारीले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…