२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

स्वास्थ्यवर्दक पेय पदार्थ ‘एका कम्बुचा’ अब पोखरामा

पोखरा भ्यूज

पोखरा । भमिसा फुड एण्ड वेभरेज प्रालिको उत्पादन ‘एका कम्बुचा’ पोखरामा आइपुगेको छ । यो एक स्वास्थ्यवर्दक पेय पदार्थ हो । प्रालिले हालै एक समारोहको आयोजना गरि पोखरामा आधिकारीक रुपमा यसको बिक्री शुरु गरेको जानकारी गराएको छ ।

नेपालमा ‘सुपर फुड’ उत्पादनको उद्येश्य सहित कम्बुचा उत्पादन गरिएको प्रालिका अध्यक्ष अमित क्षेत्रीले जानकारी दिए । युवा व्यवसायी क्षेत्री र सञ्जय श्रेष्ठको टिमले दुई वर्ष अघि कोरोनाको पहिलो लहर आउँदा यसको परिकल्पना गरेका थिए । म्याडम ए ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा रेवान पोखराका अध्यक्ष लक्ष्मण बराल, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, पूर्वाध्यक्ष भरतराज पौडेल, भेकेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी अनिल सिंह, तिलक क्षेत्री लगायतले कम्बुचाले पोखरेलीको पनि मन जित्ने विश्वास प्रकट गरे ।

कोभिडका कारण लकडाउनको अवस्थामा श्रृजित परिकल्पना अहिले आएर बजारमा आइपुगेको हो । कम्पनीले विभिन्न पाँच स्वादमा यो पेय पदार्थ ल्याएको छ । स्ट्रोवेरीको स्वादमा फ्रेसा, कागती र पुदिनाको स्वादमा लेमेण्टो, गुर्जोको स्वादमा गिलोई, भूइकटर, ब्लु जिन्जर लगायतका स्वादमा ल्याइएको कम्बुचा हाल पोखराका विभिन्न डिपार्टनेण्ट स्टोर्श, रेष्टुरेण्ट तथा पशलहरुमा विक्रीका लागि वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता कम्पनीको यस उत्पादनलाई कुशल अभ्यासको प्रमाण–पत्र समेत प्राप्त भएको अध्यक्ष क्षेत्रीले जनाए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…