२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौ अधिवेशन सम्पन्न

पोखराभ्यूज
पोखरा । कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
अधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
चन्द्रबहादुर सुवेदीको अध्यक्षतमा निर्वाचित समितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश पौडेल, सहसचिवमा विष्णुप्रसाद पोखरेल र कोषाध्यक्षमा सुमित्रा मल्ल उदास रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरूमा अनिल शाही, ई.सजिन्द्र तुलाचन, वासुदेव पौडेल, विजयप्रसाद लामिछाने, वसन्त चालिसे, सन्तोष ढुङ्गाना, चन्द्रावती अधिकारी(वाग्ले), अनिल सुवेदी र मैया पराजुली रहनुभएको छ ।
अधिवेशन सम्पन्न गर्न कृष्णकान्त सिग्देलको संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, भगवान पन्त र दीर्घ ढुङ्गाना सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन समारोहमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले कस्केली अधिकृत समाजलाई सामाजिक काम गर्ने माध्यमका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
समाजका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले सकारात्मक सहकार्य र भावनात्मक एकतामा जोड दिदै कृयाशिल समाजले आगामी दिनमा अझै सामाजिक उत्तरदायित्व बहन गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा समाजद्वारा प्रकाशित अधिकृत आवाज(अङ्क १०) लोकापर्ण गरिएको थियो भने समाजसेवी एवम् पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल, समिक्षक असफल गौतम सहित समाजमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष दुर्गाबहादुर शाह(बाबा) को अध्यक्षता एवम् सचिव लोकनाथ दवाडीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा गैर सरकारी महासंघ कास्कीका गोपिबहादुर थापा, राजयोगिनी सुधा बराल, सम्मानित व्यक्तित्व चन्द्रकान्त बराल, सल्लाहकार प्रेमप्रकाश गौतम, डा.दीर्घनाथ ढुङ्गाना, जिल्ला न्यायाधिश वसन्तराज पौडेल लगायतले बोल्नुभएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…