२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नेपाली काँग्रेस पोखरा १६ को चुनाव प्रचारप्रसार समितिको संयोजकत्वमा पदमसिं

नेपाली काँग्रेसतर्फबाट चुनाव हाँक्ने पोखरा १६ का कँग्रेसी नेताहरु सामूहिक तस्वीर खिचाउँदै । तस्वीरः हरि भट्टराई

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस पोखरा १६ ले पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिं गुरुङको संयोजकत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली पोखरा १६ ले वुधबार पोखरा आयोजना गरेको भेलाले गुरुङलाई संयोजक चयन गरेको हो । समितिको सहसंयोजकमा महाधिवेशन प्रतिनिधि मदन बस्नेत चयन भएका छन् । यद्यपि समितिले पूर्णता भने पाएको छैन ।

त्यस्तै भेलाले विभिन्न ७ वटा उपसमिति गठन गरेको छ । पोखरा भ्यूजलाई प्राप्त जानकारी अनुसार प्रचारप्रसार उपसमितिको संयोजकमा शिवराज देवकोटा, अर्थ संकलन उपसमितिको संयोजकमा गणेश थापा र सहसंयोजक कमल कार्की, तरुण परिचालन उपसमितिको संयोजकमा विक्रम बस्नेत र सहसंयोजक भीमबहादुर गुरुङ, ने.वि. संघ परिचालन उपसमिति संयोजक अञ्जन थापा, महिला उपसमिति संयोजक मञ्जुश्री थापा र कमला तिमिल्सिना, जेष्ठ नागरिक उपसमिति संयोजक दिननाथ आचार्य चयन भएका छन् ।

त्यसैबीच भेलाले उपप्राध्यापक राजेन्द्रबहादुर देवकोटाको संयोजकत्वमा बुद्धिजीवी संघ गठन गरेको समाचार छ । संघको सदस्यमा उपप्राध्यापक नारायणी पौडेल, अधिवक्ताद्वय शालिग्राम भट्टराई र दिलबहादुर बस्नेत, यमबहादुर कार्की चयन भएका छन् । भेलाले संघलाई चुनावी घोषणापत्र तयार गर्न समेत निर्देशन दिएको छ ।

भेलालाई सम्बोधन गर्दै चुनाव प्रचारप्रसार समितिका संयोजक पदमसिं गुरुङले पार्टीको निर्देशन बमोजिम सत्ता गठबन्धनमा रहेको उमेद्वारलाई जिताउन आग्रह गरे । उनले गठबन्धमा रहेको दलहरुको आलोचना नगर्ने केन्द्रीय नीति रहेको समेत जनाउ दिए । यद्यपि गठबन्धमा रहेका दलमध्ये पोखरा १६ मा  नेकपा एकीकृत समाजवादी भने गठबन्धनबाट बाहिर छ ।

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका युवा नेता अमृत शर्मा तिमिल्सिना वडाध्यक्ष, मीनबहादुर गुरुङ सदस्य, ओममाया नेपाली दलित सदस्य तथा एकीकृत माओवादी केन्द्रबाट भगवती भट्टराई र निर्मल आचार्यको खुल्ला सदस्यमा उमेद्वारी परेको छ ।

नेपाली काँग्रेस पोखरा १६ का कार्यवाहक सभापति गणेश थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिद्य लक्ष्मी पाण्डे र मदन बस्नेत, सचिव धर्मराज थापा लगायतका वक्ताहरुले गठबन्धमा रहेका चुनावी रणनीति र त्यसका आयामबारे चर्चा गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…