0Shares

पोखरा भ्यूज
काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा आइतबार र शनिबार गरी दुई दिने बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

उनका अनुसार अन्य दिन विहान ९.३० देखि ५.३० बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ । कार्यालय समय अब दैनिक आठ घण्टा हुनेछ ।

यद्यपि यो निर्णय परीक्षणका रूपमा रहने छ । यसअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected