0Shares

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरु प्रदेशका ११ वटै जिल्लामा गर्ने प्रस्ताव गरिएको छ । सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षण बढाउन तथा खेलाडीको चापलाई व्यवस्थित गर्नकालागि पनि प्रत्येक जिल्लामा खेल आयोजना गर्ने प्रस्ताव गरिएको हो । जस अनुसार पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन गरिने भएको छ । यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामै गर्ने प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ । बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राष्ट्रिय खेलकूद परिषद् समक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ । यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता पोखरामा गर्ने योजना पश्चिमाञ्चल खेलकूद विकास समितिले बनाएको छ । यसैगरि ३५ वटा पुराना सहित २ वटा नयाँ खेल थप गर्ने प्रस्ताव गरिएको छ । कोभिड महामारीका कारण गत बर्ष हुन नसकेको प्रतियोगिता जेठ महिनाको अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय सरकारले गरेको थियो । प्रतियोगितामा रग्बी र ठेलो खेलकासाथै प्रदेशको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरिएको छ । खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षणलगायतका पक्षलाई ध्यानदिंदै केन्द्रको प्राविधिक टोलीको अनुगमनका आधारमा निर्णय लिइने पनि समितिले जनाएको छ । राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपबाट रु १६ करोड बजेट विनियोजन गरिएको छ ।।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected