२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

वडाध्यक्षका उम्मेदवार कुँवर र अधिकारीको उम्मेदवारी फिर्ता

पोखरा भ्यूज

पोखरा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

पालिकाको १ र २ को वडा अध्यक्षका लागि उम्मेदवारी दिएका बलबहादुर कुँवर र खगराज अधिकारीले उम्मेदवारी फिर्ता लिएका हुन् । कुँवर नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं १ का सभापति र अधिकारी वडा नं २ का युवा नेता हुन ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ को क्षेत्रिय समितिले वडा नं १ मा इन्द्रप्रसाद सुवेदी र २ मा पिताम्बर भण्डारीलाई उम्मेदवारीको लागि टिकट दिएको थियो भने कुँवर र अधिकारीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । 

त्यस्तै वडा नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका दीपेश दाहालले पनि उम्मेदवारी फिर्ता लिएका छन । पालिकाको वडा नं ३ बाट सदस्य पदमा नेकपा एसबाट उम्मेदवारी दिएका चतुरमान बिक र नेकपा माओवादी केन्द्रका ओमप्रसाद पौडेलले पनि उम्मेदवारी फिर्ता लिएको गाउँपालिकाका निर्वाचन अधिकृत बिष्णुप्रसाद आचार्यले जानकारी दिए ।

गत बैशाख १२ र १३ गते उम्मेदवारी दर्ता गराएका उनिहरूले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष पदमा ११ जना, उपाध्यक्षमा ५ जना, वडा अध्यक्षमा ४४ जना, खुल्ला सदस्यमा ७८ जना, महिला सदस्यमा ३३ र दलित महिला सदस्यमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…