२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदान प्रदान

पोखरा भ्यूज
पोखरा ।  कस्केली अधिकृत समाजले समाजद्वारा तयार गरेको नयाँ वर्ष २०७९ को क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदानप्रदान एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।
पोखराको मौलिकता झल्कने किसिमका तस्वीर सहितको क्यालेन्डर कार्यक्रमका सभापति एवम् समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकारहरू दुर्गाबहादुर शाह बाबा, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, कर्मचारी मिलन केन्द्रका अध्यक्ष केदार बराल लगायतले सामुहिक रुपमा लोकार्पण गर्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष सुवेदीले नयाँ वर्षले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । विभिन्न रचनात्मक कार्यक्रमका साथ समाजका गतिविधि अघि बढाउने बताउँदै त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
समाजका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दुर्गाबहादुर शाह(बाबा)ले नयाँ वर्षले प्रत्येक नेपालीमा सुख शान्ति ल्याउने र महामारीजन्य प्रकोपहरू अन्त्य हुने विश्वास व्यक्त गरे ।
समाजका सचिव महेश पौडेलको सञ्चालन एवम् उपाध्यक्ष लोकनाथ दवाडीले स्वागत गरिएको कार्यक्रममा सल्लाहकारहरू कृष्णकान्त सिग्देल, डा.दीर्घनाथ ढुङ्गाना, भगवान पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, डा. कालु शर्मा सहित सहभागीले नयाँ वर्षले समाजमा र राष्ट्रमा नयाँ उमंग ल्याउने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।
उक्त अवसरमा जिल्ला समन्वय अधिकारी नबराज बराल र रुपा गाउँपालिकाका शाखा अधिकृत लोकनाथ पौडेललाई समाजको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…