२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

जोन ६ को प्रि-जोन मिटिङ सम्पन्न

पोखरा भ्यूज

पोखरा । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गत जोन ६ को डिष्ट्रिक्ट गभनर्स प्रि–एडभाईजरी कमिटी बैठक शनिवार सम्पन्न भएको छ । लायन बर्ष २०२२/२२ सुरु हुन केहि दिन बाँकी रहेको छ । लायन्सको बिधिबिधान अनुसार जुलाई १ सुरुवाती र जुन ३० लाई अन्तिम लायन बर्ष मानिदै आएको छ ।

प्रि–जोन बैठकमा जोन अन्तर्गतका क्लवका अध्यक्षहरुले डिष्ट्रिकका बिभिन्न पदाधिकारीहरु समक्ष आफुले आफ्नो कार्यकालमा गरिने सेवाका कार्यहरूको प्रतिवेदन सहित प्रतिबद्धता जाहेर गरेका छन ।

जोन चेयरपर्सनले आफु मातहतका क्लबले प्रत्येक तीन महिनाको समय अबधि भित्र सम्पादन गरेका उल्लेख्य कार्य, आईपरेका समस्या, क्लवको आर्थिक अबस्था र भाबि योजना लगायका बिषयमा बृहत छलफल गर्ने परम्परा छ ।

कार्यक्रममा जोन अन्तरगत रहेका क्लवहरु क्रमश लायन्स क्लव अफ पोखरा पिस सिटी, पोखरा ग्लोबल लेकसिटी, पोखरा पिस टाउन र पोखरा पिस देउरालीका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्ष सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जोन चियरपर्सन शोभा अधिकारी पौडेलले क्लवहरुले प्रतिबद्धता जनाए अनुसारका कार्यहरु सम्पन्न गर्नेमा आफु विश्वस्त रहेको जनाउ दिदै समाज सेवाको कार्यमा देखाएको प्रतिबद्धता प्रति आभार व्यक्त गरेकी छन ।

बिभिन्न क्लवहरुबाट सहभागिता जनाएका क्लबका पदाधिकारीहरुले उठाएका बिभिन्न गुनासा र जिज्ञासाहरुको जवाफ डिष्ट्रिक्ट ३२५ आई का जिएसटी डिष्ट्रिक्ट को–अर्डीनेटर अमृत शोभा खत्री, डिष्ट्रिक्ट मिडिया चिफ टंकराज अधिकारी, डिष्ट्रिक्ट ईन्भाईरोमेन्ट चिफ सन्तोष श्रेष्ठ, सिनियर एओजी सबिता बराल, रिजन चेयरपर्सन गंगाविलास लोहनी, जोन चेयरपर्सन मणिराज डुम्रे लगायतका डिष्ट्रिक्ट पदाधिकारीहरुले दिएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…