4Shares

पोखरा भ्यूज

पोखरा । कास्की काँग्रेसले बोलाएको बैठक शनिवार पनि बस्न सकेको छैन । पदाधिकारी र सदस्यहरूले सभापति बरालले बोलाएको बैठकमा अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो । दुई उपसभापति, दुई सचिवसमेतका सदस्यहरूले बैठक बहिष्कार गरेपछि बैठकको कोरम पुगेन, त्यसपछि बैठक स्थगित भएको एक सदस्यले बताए । तर, सभापति बरालले बिहान ११ बजे बोलाईएको बैठकमा कोरम पुग्ने आशले यो समाचार तयार पार्दा(४.३५ बजेसम्म) केहि सदस्यहरूलाई होल्ड गराएर राखेको ति सदस्यले बताए । 

यस अघि पनि सभापति बरालले एकल निर्णयका आधारमा पार्टी संचालन गरेको, आर्थिक अनियमितता गरेको, स्थानीय तह निर्वाचनमा धाँधली गरेको लगाएतका आरोपहरू लगाउदै पटक पटक बोलाईएका बैठक बहिष्कारहुदै आएको ति सदस्यले बताए ।

पटक पटक बैठक बहिष्कार भएपछि सभापति बराल बिरूद्व अविश्वास प्रस्ताव दर्ता हुने तयारीमा रहेको समाचार स्रोतले बतायो ।

नेपाली काँग्रेसको विधान २०१७ (नवौं संशोधन) को दफा ४४ कोउपदफा १ बमोजिम सभापति उपर अविश्वासको प्रस्ताव दर्ता गर्न सकिने प्रावधान छ ।

त्यसरी दर्ता भएको प्रस्ताव उपर ६० दिनभित्र निर्णय लिइसक्नु पर्ने पार्टीको बिधामा प्रावधान रहेको छ ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected