4Shares

पोखरा भ्यूज

पोखरा । कास्की काँग्रेसले बोलाएको बैठक शनिवार पनि बस्न सकेको छैन पदाधिकारी सदस्यहरूले सभापति बरालले बोलाएको बैठकमा अनुपस्थित भएपछि बैठक बस्न नसकेको हो दुई उपसभापति, दुई सचिवसमेतका सदस्यहरूले बैठक बहिष्कार गरेपछि बैठकको कोरम पुगेन, त्यसपछि बैठक स्थगित भएको एक सदस्यले बताए । तर, सभापति बरालले बिहान ११ बजे बोलाईएको बैठकमा कोरम पुग्ने आशले यो समाचार तयार पार्दा(४.३५ बजेसम्म) केहि सदस्यहरूलाई होल्ड गराएर राखेको ति सदस्यले बताए । 

यस अघि पनि सभापति बरालले एकल निर्णयका आधारमा पार्टी संचालन गरेको, आर्थिक अनियमितता गरेको, स्थानीय तह निर्वाचनमा धाँधली गरेको लगाएतका आरोपहरू लगाउदै पटक पटक बोलाईएका बैठक बहिष्कारहुदै आएको ति सदस्यले बताए

पटक पटक बैठक बहिष्कार भएपछि सभापति बराल बिरूद्व अविश्वास प्रस्ताव दर्ता हुने तयारीमा रहेको समाचार स्रोतले बतायो ।

नेपाली काँग्रेसको विधान २०१७ (नवौं संशोधन) को दफा ४४ कोउपदफा बमोजिम सभापति उपर अविश्वासको प्रस्ताव दर्ता गर्न सकिने प्रावधान छ ।

त्यसरी दर्ता भएको प्रस्ताव उपर ६० दिनभित्र निर्णय लिइसक्नु पर्ने पार्टीको बिधामा प्रावधान रहेको

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected