२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पर्यावरणीय संरक्षणलाई जोड दिदै दुई शताव्दी पुरानो चौतारा निर्माण

पोखरा भ्यूज
पोखरा, २५ असारः पर्यावरणीय संरक्षणमा जोड दिदै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरमा कृयाशिल सिलिङ्गे महिला चेतना समूहले दुई शताव्दी पुरानो सिलिङ्गे चौतारा निर्माण गरेको छ ।
प्राचीन कालदेखि अस्तित्वमा रहेको र करिब ३० वर्ष अघि विकास निर्माणका नाममा सिलिङ्गे चौतारा मासिएपछि उक्त स्थानको पहिचानलाई कायमै राख्ने गरी उक्त स्थानमा पुनः चौतारा निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सकारको एक लाख ५० हजार रुपैयाँ सहयोगका साथै स्थानीयवासीको सहयोग समेत गरी दुई लाख ३५ हजार ५७५ रुपैयाँको लागतमा चौतारा निर्माण गरिएको समूहका अध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।
चौताराको एक कार्यक्रमकाबीच आज गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्दै निर्माणमा सहयोग पु¥याउने सहयोगदातालाई सम्मान गरेका छन ।
उक्त अवसरमा मन्त्री थापाले प्रदेश सरकारको सानो सहयोगमा जनसहभागिता जुटाएर गरिएको निर्माणकार्य प्रशंसनीय रहेको बताए ।
आगामी आर्थिक वर्षका लागि पोखरा महानगरपालिका वडा नं ३३ मा गण्डकी प्रदेश सरकारका तर्फबाट विभिन्न ३४ वटा योजनाका लागि पाँच करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराउँदै उहाँले यस क्षेत्रको समग्र विकास आँफूहरूको प्राथमिकतामा रहेको बताउनुभयो । नवनिर्मित चौतारामा आजै सिलिङ्गे र समीको विरुवा लगाइएको छ ।
समूहका अध्यक्ष महतले प्रदेश सरकार र स्थानीयवासीको साथ सहयोगका कारण ऐतिहासिक महत्वको सिलिङ्गे चौतारा निर्माण गरिएको बताउनुभयो । पाप्त सहयोगलाई पारदर्शी रुपमा परिचालन गरिएको बताउँदै उहाँले आगामी दिनमा पनि प्रदेश सरकार एवम् स्थानीयवासीको यस किमिमका सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले समाजिक जागरणसँगै पर्यावरणीय संरक्षण, विकास लगायतमा समूहले देखाएको सकृयता प्रशंसनीय भएको बताए ।
वडा सदस्य दुर्गादेवी थापा केसीले समूहले गर्ने जुनसुकै विकास निर्माणका काममा वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने विश्वास व्यक्त गरिन ।
चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले महिला सशक्तिकरणसँगै सामाजिक विकासका काममा समूह निरन्तर सकृय बनेको बताउँदै प्रशंसा व्यक्त गरे ।
समाजसेवी रामचन्द्र पौडेलले लामो समयदेखि विकासमा पछि परेको भरतपोखरीको समृद्धिका लागि निरन्तर सहयोगको अपेक्षा गरिएको बताए । बाँदरका कारण यस क्षेत्रका स्थानीयवासी नराम्रोसँग प्रभावित बनेको बताउँदै उहाँले यसको व्यवस्थापन जरुरी रहेकोमा जोड दिए । पोखरा–३३ मा महानगरको फोहोर व्यवस्थापन गर्ने विषय स्थानीयवासीका लागि स्वीकार्य नभएको उनले बताए ।
समूहका अध्यक्ष कर्णकुमारी महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सरला महतले गरेकी थिईन भने सञ्चालन सचिव सीता केसी महतले गरेकी थिईन ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              समूहको सकृयतामा यस अघि पनि दुई सयभन्दा बढी वर्ष पुराना मनियलडाँडाको चौतारो, हुडिकोटको चौतारो निर्माण गरिसकेको छ ।
समूहकै सकृयतामा मल्लकालीन समयदेखि अस्तित्वमा रहेको हुडिकोट देउराली मन्दिर निर्माण गरिएको छ भने मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोटलगायतका स्थानमा समय समयमा सरसफाइकार्यलाई पनि निरन्तरता दिइएको छ ।  समूहले मनियलडाँडा–हुडिकोट सडकअन्तर्गत १०० मिटर नाला र ७० मिटर ग्राबेल गर्ने काम गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आव २०७८÷७९ मा विनियोजित दुई लाख र जनसहभागिता रु ३० हजार र श्रमदान रु १५ हजार गरी रु दुई लाख ४५ हजारमा उक्त योजना सम्पन्न गरेको छ । समूहकै सक्रियतामा बर माझथरमा रु ५० हजारको लागतमा प्रतिक्षालय निर्माण गरिएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…