२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

लायन्स पिस टाउनद्वारा डिसेवल सपोर्ट एवं मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न

पोखरा भ्यूज

पोखरा, २ साउन । लायन्स क्लब अफ पोखरा पिस टाउनले आइतवार पोखरामा डिसेवल सपोर्ट एवं मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको छ । साउन महिनामा मेहेन्दीको बिशेष महत्व रहेकाले नेपाल अपाङ्ग महिला संघको कार्यालयमा सो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सिता तिमिल्सिना सुवेदीले बताइन् ।

मेहेन्दी लगाउने कार्यक्रम गर्दा राम्रो सन्देश गएको कार्यक्रम संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट सिनियर एओजी सबिता बरालले बताइन् । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन शोभा अधिकारी पौडेलले क्लबले रचनात्मक कार्य गरेकोमा प्रशंसा गरेकी थिईन  ।

सो अवसरमा कार्यक्रम संयोजक सविता बरालले नेपाल अपाङ्ग महिला संघलाई नगद दश हजार १ सय पाँच रूपैया प्रदान गरेकी थिईन ।

क्लबका अध्यक्ष सिता तिमिल्सिना सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव हिममाया भण्डारी, कोषाध्यक्ष केसिमाया नेपाली साथै अपाङ्ग महिला संघका पदाधिकारीको उल्लेख्य उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…