29Shares

पोखरा भ्यूज
पोखरा, ३ साउन । विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशील पत्रकार ऋषिराम बरालले प्रेस चौतारी नेपालबाट अलग भएको घोषणा गरेका छन् । बरालले सामाजिक संजाल फेसबुकबाट आफु आवद्ध रहेको उक्त संगठनको साधारण सदस्य समेत नरहने गरी अलग रहेको घोषणा गरेका हुन् ।
बरालले घोषणामा भनेका छन्,”लोकतन्त्रका आफ्नै विधि र प्रकृया रहे पनि यस संगठनमा विगतदेखि नै उक्त विधि र प्रकृयाको पक्षमा निरन्तर आवाज उठाएउँदै आएकोमा त्यसप्रति कुनै सुनुवाइ हुन नसक्दा केही समय स्वतन्त्र रही पुनः उक्त संगठनमा नै लागेको थिएँ । तर पछि पनि लोकतान्त्रिक विधि र प्रकृयाभन्दा बाहिर गएर संगठन निर्माणमा मनोमानी रुपमा केही व्यक्तिका दवाव र प्रभावमा निर्णय हुने गरेकोले त्यसमा सहमत हुन नसकी केही समय यता निस्कृय रहँदै आएको थिएँ । साथै पछिल्ला दुई वर्ष यता कार्यरत संस्थाबाट पारिश्रमिक नपाउँदा र सो सम्बन्धमा मुद्दा चल्दा पनि उक्त संगठनले कुनै चासो नदिएका कारण त्यहाँ रहनुको कुनै अर्थ नरहेकोले यो निर्णय लिन बाध्य भएको हुँ ।”

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected