२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खेलकुद

पोखरा बाहेक अनेत्र प्याराग्लाईडिङ प्रतियोगिता संचालन नगर्न खेलाडीको चेतावनी

पोखरा भ्यूज

पोखरा । पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अनेत्र उक्त प्रतियोगिता संचालन गरे बहिष्कार समेत गर्नेे चेतावनी दिएका हुन्।

पोखरामा साहासिक खेल प्याराग्लाईडिङको लागि विश्वकै उत्कृष्ट ५ मध्यको एक मा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अनेत्र लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताए । उनले भने “केही व्यक्तिहरुले स्याङजाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ तर यस खेल संचालन गर्दा जति सक्दो सुरक्षित र प्राबिधिक हिसावले पनि नेटवर्क भएको स्थानमा गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।” कुनै कारणवश दुर्घटना भएमा पोखरा बाहेक अनेत्र उक्त प्रतियोगिता हुदा समयमै खेलाडीहरुको उद्धारमा प्रमुख समस्या हुने, खानापान र होटल आवासमा समेत अर्को समस्या हुने भएको अर्को प्याराग्लाईडिङ खेलाडी रविराज दर्लामी मगरले बताए । पोखरामा ताल माथि, पोखरामा केही धानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालीन अबस्थामा प्याराग्लाईडिङ अवतरण गर्न सहज हुने उनले जनाए ।

प्याराग्लाईडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले स्वरेकमा ठुला ठुला पहाड र हावाको चाब बढी हुदा नेटवर्कमा समेत समस्या हुने उद्धारमा ७,८ घण्टा भन्दा बढी समय लाग्ने हुदा पोखराको बिकल्पनमा अनेत्र प्याराग्लाईडिङ प्रतियोगिता हुन कठिन हुने बताए । प्रशिक्षक एवं हवाई खेलकुद संस्था नाका पूर्व अध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखरा भन्दा बाहिर जुन सुकै ठाँउमा लगे पनि अहिलेको अबस्थामा अन्य ठाँउ प्याराग्लाईडिङको उपयुक्त स्थान नहुने दाबी गरे । यदि कसैले पोखरा बाहिर उक्त प्रतियोगिता हुने कुरा गरेमा आफुहरुसंग तथ्यका आधारमा बहस गर्न उनले चुनौती दिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यबस्थापन उपसमिति संयोजक एवं राखेपका सदस्य राजेश कुमार गुरुङले कुनै पनि प्रतियोगिता संचालनको लागि सुरक्षा पहिलो प्रथामिकतामा रहने त्यसमा खेलाडीहरुले बिरोध गरेका स्थानमा खेल संचालन गर्न आफुले सिफारिस नगर्ने बताए । अबको केही समयमा ३६ खेलहरु कहाँ कहाँ हुने त्यसको टुंगो लगाउने अन्तिम तयारी भएको उनले जनाए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…