२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

लायन्सद्वारा कास्की प्रहरीलाई पुस्तक हस्तान्तरण

पोखरा भ्यूज

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । प्रहरी, आगन्तुक र हिरासतमा रहेका व्यक्तिहरूलाई पठनपाठनमा प्रोत्साहित गर्नका लागि स्थापना गरिएको पुस्तकालयलाई लायन्स क्लब अफ पोखरा अभियानले पुस्तक प्रदान गरेको हो ।

विहिवार एक कार्यक्रमका विच क्लबका अध्यक्ष कृष्ण लम्साल, क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना लगाएतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीलाई विभिन्न बिधाका ३० थान पुस्तक उपलब्ध गराईएको थियो ।

प्रहरी शान्ति सुरक्षामा मात्र सिमित नभई अन्य सामाजिक उत्तरदायित्व पुरा गर्न कति पनि पछाड़ीं पर्दैन भन्ने कुराको उदाहरण जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा कार्यालय परिसरमा स्थापना गरिएको पुस्तकालयले छर्लङ्ग पार्दछ, आज त्यहि अभियानमा क्लबको तर्फबाट सानो सहयोग स्वरुप केहि विभिन्न बिधाका पुस्तकहरु उपलब्ध गराईएको क्लबका अध्यक्ष कृष्ण लम्सालले बताए ।

प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले पुस्तक ग्रहण गर्दै पुस्तकालयको उपयोगले व्यक्ति, समाज र राष्ट्रलाई सकरात्मक बाटोमा अघि बढाउन रचनात्मक सहयोग पुगेको बताए । उनले  पुस्तकालयमा कानुन, मानवअधिकार, अपराध अनुसन्धान, प्रहरीका विभिन्न मोडल तथा ज्ञानसँग सम्बन्धित पुस्तक रहेको जानकारी दिदै सहयोगका लागि लायन्स क्लब अफ पोखरा अभियानलाई धन्यवाद सहित आभार व्यक्त गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…