0Shares

पोखरा भ्यूज
पोखरा । कालिकावहुमुखि क्याम्पसले बिहिबार प्रपोजल प्रिजेन्टेशन र डिफेन्स कार्यक्रमको आयोजना गरेको छ । क्याम्पसमा स्थापित कालिका रिसर्च कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा प्रा. डा. हरि पाठक विषय विशेषज्ञ रहेका थिए । सहयोगीहरुको रुपमा प्रा. देविलाल शर्मा, डा. रामजी शर्मा रहेका थिए ।
कालिका क्याम्पसका एमविएस चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम क्याम्पस प्रमुख विरन्जि गौतमको अध्यक्षतामा भएको हो । चौथो सेमेस्टरका विद्यार्थीहरुलाई थेसिस लेखनमा सहयोग र थप प्रभाकारी बनााउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख गौतमले जानकारी दिए । ‘विद्यार्थीहरुले पढेर मात्रै हुँदैन’ क्याम्पस प्रमुख गौतमले भने, ‘कितावी ज्ञानको साथसाथै व्यवहारिक शिक्षाको पनि आवश्यक पर्छ, त्यसैले यो कार्यक्रमको आयोजना गरेकाहौँ ।’ यस्ता कार्यक्रमले विद्यार्थीहरुको लेखन शैलिमा निखार आउने क्याम्पस प्रमुखको भनाइ छ ।
कार्यक्रममा एमविएस चौँथो सेमेस्टरका १८ जना विद्यार्थीहरुले आफ्नो प्रपोजल प्रिजेन्टेशन गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको थियो । पोखराको काजीपोखरीमा स्थापित क्याम्पसमा हाल एक हजार दुई सय जना विद्यार्थीहरु अध्ययनरत छन ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected