२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

विद्यार्थीलाई साइबर अपराध सम्बन्धि सचेतना गराउदै लायन्स क्लब

पोखरा भ्यूज
पोखरा ३१ साउन । पछिल्लो समय बढ्दो साइबर अपराधलाई दृष्टिगत गर्दै लायन्स क्लब अफ पोखरा अभियानले साइबर अपराध सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ । क्लबले पोखराको नदिपुर स्थित माउण्ट अन्नपूणर् मावि कक्षा १२ का विद्यार्थीहरुलाई साइबर अपराधको बारेमा सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुचना र प्रविधिको वर्तमान युगमा यसको दुरुपयोग गर्दै समाजमा साना देखि जघन्य अपराधहरु हुनु चिन्ताको विषय भएको जनाउँदै सबै मिलेर यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । उनले साइबर अपराध के हो, कसरी अपराधको चक्रब्यूहमा फसिन्छ ? त्यसबाट जोगिने के कस्तो कुरा सजक हुने भन्ने विषयमा प्रस्तुतीकरण राखेका थिए । डिएसपी तिवारीले स्कुल कलेजका विद्यार्थी देखि विभिन्न क्षेत्रका मानिसलाई इन्टरनेट, फोन लगायतका माध्यमबाट आर्थिक प्रलोभन देखाउने, गोप्य सुचना एवम अश्लिल भिडियो, वार्तालाप लगायतका विषयलाई लिएर ब्लाकमेलिङ गर्ने गिरोह सक्रिय हुँदै गएको त्यसको प्रभावमा स्कुल कलेज, देखि धनाढ्य व्यत्ति, व्यापारी, सर्वसाधारण नागरिकहरु शिकार हुने गरेकाले चनाखो हुन आवश्यक रहेको बताए । फेसबुक म्यासेन्जर, इन्टाग्राम, वाट्सएप, भाइबर लगायत सामाजिक सञ्जालको दुरुपयोग गर्दै साइबर अपराध बढेको उनको भनाइ छ । अपराध रहित समाजको लागि सबै नागरिकको दायित्व अपरिहार्यता रहेको जनाउँदै लायन्स क्लब जस्तो सामाजिक संस्थाले यसलाई अभियानको रुपमा अगाडि बढाएर लाने सके साइबर अपराध न्यूनिकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका थिए ।


कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आइ नेपालका द्वित्तिय भाइस डिष्ट्रिक गर्भनर विनोद ढुंगानाले समाजमा बढ्दो साइबर अपराधलाई न्यूनिकरण गर्न जनचेतनाको आवश्यकता रहेको बताए । उनले कतिपय अवस्थामा पढेलेखेका र शिक्षित मानिस समेत विभिन्न प्रलोभनमा पर्ने र ठगिने गरेको स्मरण गराउँदै यस्तै जनचेतना कार्यक्रमबाट सचेत गराउन आवश्यक रहेको बताए ।
क्लबका अध्यक्ष कृष्ण लम्सालले सबैको पहुँचमा पुग्दै गएको हात हातको स्मार्ट फोनको सदुपयोग भन्दा दुरुपयोग गर्ने र मानिसलाई विभिन्न प्रलोभनमा पार्ने गरेका घटना दिनप्रतिदिन आइरहेकाले त्यसमा कलेजका विद्यार्थीहरु समेत ठगिने र ब्लाकमेलिङको शिकार हुन थालेकाले सचेत गराउनका लागि कार्यक्रम गरेको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, विद्यालयकाका प्राचार्य सइन्द्रराज श्रेष्ठ, एकेडेमि डाएरेक्टर अशोक कुमार शाही, रिजन चेयरपर्सन प्रेम दाहाल, क्लबका सहसचिव नवराज शर्मा पौडेल लगायतले बढ्दो साइबर अपराध न्यूनिकरणमा शिक्षक, अभिभावक र स्वयम विद्यार्थी एवम सञ्चार जगतको भूमिका के हुने भन्ने विषयमा धारणा राखेका थिए ।
सो अवसरमा विद्यार्थी एवम् सहभागिहरुले साइबर अपराधबाट कसरी जोगिने भन्ने विषयमा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीलाई जिज्ञासा राखेका थिए ।

तस्बिर उपलब्ध छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…