२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

नर्मदेश्वर मोक्षधाममा खाद्यान्न सहयोग

लेखनाथ । लायन्स क्लब अफ लेखनाथको आयोजनामा पोखरा महानगरपालिका वडा नं २९ मदौरीकुना स्थित नर्मदेश्वर मोक्षधाममा खाद्यान्न सहयोग गरिएको छ ।
सोमवार मोक्षधाममा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एडमिनिट्रेटर शैलेन्द्र मोहन भट्टराई, बिशेष अतिथि डिष्ट्रिक्ट हंगर रिलिफ कार्यक्रमका संयोजक बसुधा भट्टराई, क्लबका अध्यक्ष तिलकशाली सापकोटा, कार्यक्रम संयोजक बुद्धि प्रसाद बास्तोला लगाएतले संयुक्त रुपमा मोक्षधाम सञ्चालक समितिका अध्यक्ष एवं पदाधिकारीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष एवं डिपार्टमेन्ट चिफ मेजर राम प्रसाद गुरुङ, पूर्व अध्यक्ष गोविन्द  कर्माचार्य, जोनचयरपर्सन कल्पना गुरुङ, लायन्स क्लब अफ लेखनाथ सिमसारका अध्यक्ष शिव गिरी, क्लबका पूर्व अध्यक्ष, सचिव चिरञ्जीवी तिवारी लगाएत क्लबका पदाधिकारीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका उपस्थित लायन्स लिडरले लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण काम भैरहेको बताउदै लायन्स क्लबमा आवद्ध सदस्यहरू धनका मात्र नभै मनका धनी रहेको उल्लेख गरेका थिए ।

उनिहरूले लायन्सका माध्यमबाट गरिने कुनैपनि सहयोग आवश्यकताका आधारमा लक्षित बर्गमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…