261Shares

पोखरा भ्यूज

पोखरा । लायन्स क्लव अफ पोखरा जननीले मंगलवार ६६ प्रिन्ट रगत संकलन गरेको

स्थानीय अमरसिंह चोकमा आयोजनामा भएको रक्तदान कार्यक्रममा ६६ प्रिन्ट रगत संकलन भएको जननीका अध्यक्ष बद्रीका ढुङगानाले बताईन

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले पहिलो रक्तदाता मनिका अधिकारीलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए

रगतको अभावलाई सहज बनाउनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष ढुङगानाले जानकारी दिईन

कार्यक्रममा प्रथम द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी, बिनोद ढुङगाना, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्त, क्याविनेट ट्रेजरर सूर्यनारायन बराल, ब्लड बैक कोअर्डीनेटर ऋषि गिरी, रिजन चेयरपर्सन प्रेम प्रसाद दाहाल, कार्यक्रम संयोजक अन्जु नेपाली, क्लब सचिव पद्मा आचार्य लगाएत डिष्ट्रिक्टका सिनियर लिड़रहरूको उपस्थिति रहेको थियो

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो

261Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected