२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

श्रीकृष्ण जन्माष्टमीका अवसरमा खुल्ला भजन चुड्का प्रतियोगितामा

पोखरा भ्यूज
पोखरा, ४ भदौ । राधाकृष्ण सांस्कृतिक समुह, पोखरा-३२ ले श्रीकृष्णजन्माष्टमीका अवसरमा खुल्ला भजन चुड्का प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा शिशुवा सत्संग भजन समुह, पोखरा-२९ ले प्रथम स्थान हासिल गरेको छ भने द्वितीय स्थान माछापुच्छ्रे भजन समुह हेमजा, पोखरा-२५ले प्राप्त गर्‍यो । त्यस्तै प्रतियोगितामा पञ्चासे भजन समुह पोखरा-२४ ले तृतीय स्थान हासिल गर्‍यो भने सान्त्वना स्थान काम धेनु कृषि महिला भजन समुह, हेमजा, पोखरा-२५ ले हासिल गर्‍यो । प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, ३० हजार, २० हजार १० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
प्राियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले मौलिकता युक्त प्राचीन संस्कृतिको जगेर्ना हामी सबैको दायित्व भएको बताए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले धर्म संस्कृति हाम्रा सम्पत्ति भएको बताउँदै यिनीहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले प्रदेशमा विद्यमान कला संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष विश्वभुषण खनालले समूहका तर्फबाट प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ वर्षेनी श्रीकृष्णजन्माष्टमीका अवसरमा कार्यक्रम गर्दै आइएको बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, भोलाप्रसाद भण्डारी, सञ्जय ढकाल लगायतले लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान रहेको छ भने प्रथम पुरस्कार प्रयोजकमा पद्म जगत स्मृति प्रतिष्ठान, सहप्रायोजकमा पोखरा प्रज्ञा प्रतिष्ठान, तृतीय पुरस्कार प्रयोजकमा सुमन वाग्ले र सान्त्वना पुरस्कार प्रायोजकमा हारती एग्रीभेट इन्डष्ट्रिज प्रा.लि.रहेको छ ।
प्रतियोगितामा कुल ११ वटा समूहले भाग लिएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा नेवार, गुरुङ र मगर समूदायका कलाकारले अप्रतियोगिका रुपमा आ आफ्ना जातजातीका संस्कृति झल्कने प्रस्तुती देखाएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…