२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई ले धेरै सफलता हासिल गरेको छ : डिष्ट्रिक्ट गभर्नर बसेल

पोखरा, ९ भदौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले डिष्ट्रिक्ट आईले धेरै सफलता हासिल गरेको बताएका छन । विहिबार पोखरामा सम्पन्न रिजन ५ जोन ९ का क्लबहरूको संयुक्त पदस्थापन, पद ग्रहण, चार्टर प्रिजेन्टेशन एवं नयाँ क्लब उद्घाटन समारोहमा लायन बर्ष २०२२/२३ सुरु भएको दुईमहिना पनि नपुग्दै धेरै सफलता हासिल गरेको बताएका हुन ।

सर्भिस, लिडरसिप र फेलोसिप लायन्स अन्तराष्ट्रियका तिन कार्यक्षेत्रलाई प्राथमिकतामा राखि डिष्ट्रिक्ट ३२५आईले विश्व लायन्स जगतका पुर्याएको योगदान र भुमिकाको साखलाई कायम राख्दै जानु पर्ने पनि बताए ।

डिष्ट्रिक्ट गभर्नरको यस बर्षको महत्वपूर्ण योजना “मेरो डिष्ट्रिक्ट बलियो डिष्ट्रिक्ट” र “एक पटकको लायन्स सधैको लायन्स” भन्ने अभिप्रायका साथ क्लबका सम्पूर्ण सदस्यहरुलाई स्थायी सदस्य बनाउने अभियानमा पनि सफलता हासिल गरेको गभर्नर बसेलले बताए । सो अवसरमा बसेलले लायन्स अन्तराष्ट्रियबाट नयाँ प्रोजेक्ट ल्याउने गरी कार्यहरु अगाडी बढेको पनि बताए ।

भाईस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी र बिनोद ढुङगानाले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई सफल तुल्याउनु हामी सबैको दायित्व रहेको बताउदै पहिलो वर्षमा हामीले सचिवालय लगाएत धेरै कुराहरुको व्यवस्थापन गर्दै डिष्ट्रिक्टलाई चलायमान बनाउनुपर्ने चुनौति रहेको जानकारी गराएका थिए । मजबुत संगठनिक संरचना मार्फत मानविय सेवाका कार्यहरु र समुदायमा लायन्सको ब्राण्डिङ्ग गर्न सहज हुनेमा गभर्नरद्वयको दावी रहेको थियो ।

डिष्ट्रिक्ट गभर्नर राम बसेलले रिजन ५ जोन ९ का क्लबहरू लायन्स क्लब अफ पोखरा ह्यूमानिटीका दिपक अधिकारी, पोखरा कालीगण्डकीका सन्तोषी कुँवर केसी, नयाँ चार्टर क्लब पोखरा फर्निचरका संस्थापक अध्यक्ष रहमोहन सुवेदी र नयाँ उद्घाटित क्लब पोखरा महालक्ष्मीका संस्थापक अध्यक्ष अखिल धमला र पोखरा स्माईलका अध्यक्ष सूर्य प्रसाद काफ्ले एवं क्लब पदाधिकारीहरूलाई पदस्थापन, पद ग्रहण एवं चार्टर प्रिजेन्टेशन गराएका थिए ।

समारोहमा लायन्स क्लब अफ पोखरा ह्यूमानिटी लायन बर्ष २०२१/२२ का अध्यक्ष दिल कुमार श्रेष्ठले आफ़ना कार्यकालमा सम्पादन गरिएका कार्यहरू प्रस्तुत गरेका थिए ।

लायन बर्ष २०२२/२३ का ५ जनै क्लबका अध्यक्षहरूले हालसम्म सम्पादन गरिएका कार्य र बाक़ी रहेका वार्षिक योजनाहरू बारे बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा ह्यूमानिटीका दिल कुमार श्रेष्ठले पहिलो सत्र र पोखरा कालीगण्डकीका सन्तोषी कुँवर केसीले दोस्रो सत्रको अध्यक्षता गरेको कार्यक्रममा डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर सूर्यनारायण बराल, ह्यूमानिटीका संस्थापक अध्यक्ष एवं जोन ९ का जोन चेयरपर्सन अनिल सुवेदी, सचिव चन्द्र बानियाँ, प्रकाश लामिछानेले लगाएतले आ–आफ्ना भनाई राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…