21Shares

पोखरा, ८ भदौं । हामी सेवा गर्छौ भन्ने मूल नाराका साथ मानवीय सेवामा तल्लिन विश्व कै सबै भन्दा ठूलो अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले बाढ़ी पहिरो पिडित पोखरा२५, हेम्जा सुन्दरवस्तिमा राहत वितरण गरेको

गत असार १० गते राति बजेतिर निरन्तर बर्षाको कारण घर माथीबाट आएको बाढ़ी पहिरोको कारण घरबारबिहिन हुन पुगेका सुन्दर वस्तिका १२ घरपरिवारलाई लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले बुधवार घरायसि अत्यावश्यक सामग्री उपलब्ध गराएको हो

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडाकुँडा देखि खाद्यान्न सहितका सामग्रीमा चामल, नुन, तेल, चिनी, चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु, पनियो, ब्लाङकेट, म्याट्रेस लगायतका दैनिक उपभोग्य बस्तु उपलब्ध गराईएको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले जानकारी दिए

राहत सामग्री वितरण गर्दै डिष्ट्रिक्ट गभर्नर राम बसेलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले बाढी, पहिरो, भूकम्प, आँधिहुरी जस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै पीडितलाई राहत उद्धारको काम गर्दै आएको बताए

बस्ती माथिबाट खसेको पहिरोबाट घर पूर्ण रूपमा पुरिएको १२ घर परिवार बिस्थापित भएको पोखरा महानगरपालिका वडा नं २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले बताए आफ्नो आग्रहलाई सहर्ष स्वीकार गरी बाढ़ी पहिरो प्रभावितलाई राहत सामग्री उपलब्ध गराएकोमा डिष्ट्रिक्ट गभर्नर एवं समग्र डिष्ट्रिक्ट ३२५ आई नेपाल परिवारप्रति वडाध्यक्ष तिमिल्सिनाले आभार एवं धन्यवाद ब्यक्त गरेका थिए

राहत वितरणमा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिड़रहरूको उपस्थिति रहेको थियो

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected