२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

टुडिखेलमा ऐतिहासिक तिज मेला सुरु

पोखरा १०, भदौं । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नम्बर १ का ऐतिहासिक बस्तुहरुको संरक्षणमा सबै एक हुन पर्ने बताएका छन । इन्द्रेणि एकिकृत विकास समाजले शुक्रबार देखि पोखराको पुरानो टुडिखेलमा आयोजना गरेको ऐतिहासिक तिज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताएका छन ।

ऐतिहासिक महत्व बोकेका बस्तुहरुको संरक्षणको निम्ति एकताको खाँचो भएको बताउदै मन्त्री बरालले ऐतिहासिक बस्तुहरुको व्यबस्थापन गर्न पोखरा १ बासीहरु लाग्नु पर्नेमा जोड दिए । पोखरा वडा नम्बर १ को राष्ट्रिय मावि, टुडिखेल मैदानदेखि महत्वपूर्ण सार्वजनिक जमिनहरुको संरक्षणको लागि पनि एकिकृत ढंगले अघि बढ्नुपर्ने मन्त्री बरालको भनाई थियो । एकले अर्कोलाई उपेक्षा हुदै अघि बढेमा पोखरा १ का ऐतिहासिक महत्वपूणर् बस्तुहरुको संरक्षण गर्न कठिन हुने मन्त्री बरालले बताए । पोखरा १ को वडा कार्यालय र समाजले पोखरा १ का ऐतिहासिक बस्तुहरुको संरक्षणमा लाग्नु पर्ने आवश्यक सहयोग गर्न आफु तयार रहेको जनाए ।

तिज पर्वको हिजोको महत्व विस्तारै घट्दै विकृति तर्फ गएकोमा चिन्त्ता व्यक्त गर्दै मन्त्री बरालले यसमा समयमै सबै बर्गका सचेत हुनुपर्ने बताए । उनले भने “ एकातर्फ हेर्दा हरितालिका तिज सास्कृतिक पर्व हो भने अर्को तर्फ यो पर्व विकृतिको रुपमा भड्किलो हुन थालेको छ, यसमा हामी सचेत हुनुपर्छ । ” तिज पर्व हिन्दुहरुको मात्र नभई नेपाली नारीहरुको पर्वको रुपमा स्थापित हुदै आएको उनको भनाई थियो । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले हरितालिका तिज पर्वमा आयोजना हुने यस्ता मेला महोत्सवले नेपाली उत्पादन र नेपालीपन झल्कनी बिषय बस्तुहरुको प्रबद्र्धन गर्नुपर्ने बताए ।

समाजका अध्यक्ष भानु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा १ का वडा सदस्य शोभा गुरुङ, राष्ट्रिय माविका प्राचार्य कृष्ण उदासी, मेलाकी आमा समुह समन्वय समितिका संयोजक राधादेवि पराजुली, संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, उपाध्यक्ष निरजविक्रम राण, महासचिब बसन्त बाँस्तोला लगायतले वोलेका थिए । यही भदौं १६ गतेसम्म चल्ने मेलामा विभिन्न व्यापारीक स्टल, मौलिक तिज गित प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, खुल्ला तिज गृहिणी नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने भएको प्रचार संयोजक रोहितराज पराजुलीले बताए । उद्घाटन सत्रको पूर्व सन्ध्यामा पोखरामा झाँकी सहितको प्रभात फेरी निकालिएको थियो । उक्त प्रभातफेरीमा ज्ञानुबाबा मावि झाँकी तर्फ उत्कृष्ट घोषित भएको छ भने भेषभुषमा क्षेत्रि समाज महिला इकाई पोखरा एक उत्कृष्ट र अनुशासितमा नेवाः मिस पुचः पोखरा १ घोषित भएको समाजले जनाएको छ । मेलामा भोलि(शनिबार) कृष्ण अकेली, अम्मर धिताल, सुनिता नेपाली, निसा पोखरेल लगायतका कलाकारको प्रस्तुती रहने कलाकार कृष्ण गौतमले जनाए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…