0Shares

पोखरा भ्यूज
ललितपुर । नेपाल प्रेस युनियन ललितपुर शाखाले जिल्ला शाखाका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको नाममा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
स्वर्गीय कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै आज उहाँको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो ।
सो पुरस्कार प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाई काम गर्ने र गरिरहेका एक पत्रकारलाई प्रदान गरिने भएको युनियन ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए । उनले भने, “यस पुरस्कार अन्तर्गत हामीले रु २५ हजार नगद राशि प्रदान गरी हरेक वर्ष सम्मान गर्नेछौँ ।” युनियनको कार्यसमितिले स्वतन्त्र व्यक्तिको कार्यदल बनाएर पत्रकार छनोट गरी कुनै राजनीतिक पूर्वाग्रह बिना पुरस्कार प्रदान गर्ने भएको दाहालको भनाइ छ ।
सो कार्यलाई निरन्तर अघि बढाउन आफूहरुले रु ११ लाख ११ हजार एक सय ११ को रकमको अक्षयकोष स्थापना गर्ने भएको दाहालले सुनाए । “यस शाखा २०५४ सालमा स्थापना हुँदा स्वर्गीय कार्की संस्थापक अध्यक्ष रहेका र उनले २०६७ सालसम्म निरन्तर तीन कार्यकाल अध्यक्ष चलाएका थिए”, अध्यक्ष दाहालले थपे ।
कार्कीले पत्रकारिता क्षेत्रलाई ललितपुरमा सक्रिय र चलायमान बनाउन योगदान गर्नाका साथै २०५४ पछि ‘एक गाबिस एक पत्रकार’ अभियान अन्तर्गन प्रेस कर्मीको बढुवा र क्षमता अभिवृद्धि गर्न समेत योगदान गर्नुभएको सो शाखाका संस्थापक सदस्य सुर्य नेपालले बताए ।
स्वर्गीय कार्कीको मृत्यु २०७८ जेठ ३ गते भएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected